को बन्ला दिल्लीको नयाँ कप्तान, यी हुन् दाबेदार खेलाडी
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १८:४५:१६
१३ चैत, काठमाडौं । आज आईपीएल २०२१ का लागि दिल्ली क्यापिटल्सको नयाँ कप्तान चयन हुने भएको छ ।
दिल्लीका कप्तान श्रेयस अय्यरले चोटका कारण आईपीएल गुमाउने भएपछि दिल्लीले नयाँ कप्तान चयन गर्न लागेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली क्यापिटल्सले कप्तान चयनका लागि आज बैठकसमेत बोलाएको छ ।
श्रेयसको अनुपस्थितिमा दिल्लीको कप्तान बन्न सक्ने सूचीको शीर्ष स्थानमा ऋषभ पन्तको नाम चर्चामा छ ।
पन्तले दिल्लीका लागि हरेक सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी टिमका उपकप्तान पनि हुन् । जसकारण पनि कप्तान बन्ने पन्तको सम्भावना बढी छ ।
यद्यपि, कप्तानको चर्चामा रविचन्द्रन आश्विन, शिखर धवन पनि छ । यीमध्ये दोस्रो रोजाईमा आश्विन र धवन परेका छन् ।
आश्विन र शिखरले यसअघि पनि आईपीएलमा टिम कप्तानको भूमिका निर्वाह गरिसकेका छन् । शिखरले सनराइजर्स हैदराद र आश्विन पञ्जाबको टिमको कप्तानी गरिसकेका छन् ।
दिल्लीका नियमित कप्तान अय्यर इंग्ल्याण्डसँगको वानडे सिरिजको पहिलो खेलमा फिल्डिङका क्रममा घाइते भएका थिए । उनको नेतृत्वमा दिल्लीले राम्रो नतिजा दिइरहेको छ ।
गत सिजनको आईपीएलमा अय्यरको कप्तानीमा दिल्ली पहिलो पटक फाइनलमा पुगेको थियो । यद्यपि फाइनलमा भने मुम्बईविरुद्ध दिल्ली ५ विकेटले पराजित हुन पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
स्लो बलिङका कारण ऋषभलाई आइपिएलको एक खेलबाट निलम्बन
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार