
१५ चैत, काठमाडौं । सरकारले भुक्तानी गर्नुपर्ने रकम प्राप्त नभएपछि कोरोना बिमा रकम दावी भुक्तानी रोकिएको बिमा कम्पनीहरुले बताएका छन् । सम्झौता अनुसार सरकारले वहन गर्नुपर्ने दायित्व अन्तर्गत रकम भुक्तानी नभएपछि कोरोना विमा रकम भुक्तानी प्रभावित भएको हो ।
भुक्तानी रोकिएपछि विमा कम्पनीहरुरुले सरकारसँग भएको सहमती अनुसार कोरोना बिमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयसँग ३ अर्ब रुपैयाँ मागेका छन् । विमा कम्पनीका अनुसार हालसम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले ३ अर्ब बढी रुपियाँ दायित्व वहन गर्नु पर्ने छ । त्यही रकम सरकारबाट प्राप्त नभएपछि बाँकीको भुक्तानी रोकिएको विमा कम्पनीहरुले जिकिर छ ।
बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच गत जेठमा भएको सहमतिअनुसार कोरोना बिमामा परेका दाबीमध्ये पहिलो १० हजारको दाबी भुक्तानी बिमा कम्पनीहरूले नै भुक्तानी त्यसपछिको थप १० हजार दाबी भुक्तानी नेपाल पुनर्बिमा कम्पनीले, थप ५ हजार दाबी भुक्तानी बिमा कम्पनीहरूको महाविपत्ति कोषबाट बेहोरिने सहमति भएको थियो । कोरोना बिमाअन्तर्गत गत सातासम्म ९२ हजार ८ सय १३ दाबी परेका छन् । ती मध्ये ३० प्रतिशतको मात्र रकम भुक्तानी भएको छ ।
प्रतिक्रिया