यी तीन भारतीय खेलाडी भविष्यका सुपस्टार ?
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १६:३२:५१
१६ चैत, काठमाडौं । इंग्ल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आइतबार सम्पन्न तेस्रो खेलमा इंग्ल्याण्डलाई ७ रनले हराउँदै भारतले २–१ ले सिरिज जितेको हो ।
सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।
उसका लागि २१ वर्षीय साम करनले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ८३ बलमा ९ चौका र तीन छक्कासहित अविजित ९५ रन बनाए ।
त्यस्तै, डेविड मलानले ५०, लियाम लिभिङस्टोनले ३६, बेन स्टोक्सले ३५, मोइन अलीले २९, आदिल राशिदले १९, कप्तान जोस बटलरले १५ र जेसन रोयले १४ रनको योगदान दिए ।
बलिङमा शार्दुल ठाकुरले चार, भुवनेश्वर कुमारले तीन, टी नटराजले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ४८.२ ओभरमा सबै विकेट गुमाएर ३ सय २९ रन बनायो । उसका लागि ऋषभ पन्त, शिखर धवन र हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले ।
पन्तले ६२ बलमा चार छक्का र पाँच चौकासहित ७८, धवनले ५६ बलमा १० चौकाको मद्दतमा ६७ र पाण्ड्याले ४४ बलमा चार छक्का र पाँच चौकासहित ६४ रन बनाए ।
त्यस्तै, रोहित शर्माले ३७, शार्दुल ठाकुरले ३० र कुणाल पाण्ड्याले २५ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा मार्क उडले तीन, आदिल राशिदले दुई, साम करन, रीसी टोप्ली, मोइन अली, लियाम लिभिङस्टोन र बेन स्टोक्सले एकरएक विकेट लिए ।
यी तीन भारतीय खेलाडी भविष्यमा सुपस्टार ?
भारतीय टिमका तीन खेलाडी भविष्यमा सुपस्टार बन्न सक्ने पूर्व किक्रेटर विरेन्द्र सहबागले बताए । उनले एक टिभि कार्यक्रममा हार्दिक पाण्ड्या, के एल राहुल र ऋषभ पन्त भविष्यमा सुपस्टार बन्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै
बैशाख २८, २०८१ शुक्रबार
पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दिनहुँ सेवनकर्ता र कारोबारी पक्राउ
बैशाख २९, २०८१ शनिबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार
काठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार