मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तार
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १८:५:१९
१६ चैत,पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा काम अघि बढाएको हो ।
जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्माबजारभित्र र पातीचौर बजार क्षेत्रमा चार लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो । कुश्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पातीखोलादेखि चुवाको परादीसम्म कालोपत्रको काम सकिएको छ ।
कुश्मामा विद्युत्का पोल हटाएर मध्य खण्डमा माटो भर्ने काम भइरहेको छ । पातीचौरमा कालोपत्र गर्न सबै स्टक्चर तयार भइसकेको छ । सडक चौडा पार्ने, नाली बनाउनेलगायत पूर्वाधारका काम सबै सकिएकाले अब बेस हालेर कालोपत्र गर्न धेरै समय नलाग्ने बताइएको छ । कुश्माबजारको खरेयादेखि डम्डारेखोलासम्म चार लेनको सडक बनाउन विद्युत्का पोल, खानेपानीका पाइप र केही घर, टहरा हटाउँदा काममा ढिलो भएको थियो ।
सडक विस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् । चुवा, कुश्माको बान्द्रेबिँडी र मोदीको केही भागमा भिरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वतखण्ड सकिने बताए ।
विसं २०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड विस्तारको काम गएको भदौमा सकिनुपर्ने हो । कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले नौ महिना समय थप गरेको छ । तत्कालीन आयोजना प्रमुख आशिष थापा मगरले कास्की, पर्वत र बागलुङ खण्डमा अपेक्षित काम भएकाले अब थपिएको मितिमै काम सकिने बताए ।
कुनै अवरोध र समस्या नआइ काम हुने भने पोखरादेखि बाग्लुङसम्मको खण्ड नयाँ स्वरुपमा बदलिने छ । मध्यपहाडीको कास्की खण्डको नयाँ पुलदेखि घट्टेखोला सम्मको खण्डको काम सकिएको छ । हेम्जादेखि सिम्पानीसम्मको खण्ड सकिएमा कास्की खण्डको काम पूरा हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार