मेथी गुणकारी खानेकुरा, यस्ता छन् १० फाइदा
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २०:४९:३२
१६ चैत, काठमाडाैं । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ । यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ । सामान्यतयाः मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ ।
मधुमेह नियन्त्रण
अंकुराएको मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।
महिनावारी गडबढी
महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
स्तनपान
स्तनपान गराइरहेकी महिलाको दूधको मात्रा बढाउन अंकुराएको मेथीको सेवन गर्नुपर्छ । यसमा आइरन, क्याल्शियम, फाइबर, प्रोटिन जस्ता तत्वहरु पाइन्छ ।
मोटोपन घटाउन
यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ । र मेटाबोलिज्म बढाउँछ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ ।
पेटका लागि फाइदाजनक
यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा सजिल्यै पाचन हुन्छ । यसले पेटमा गयास्ट्रोइंटेस्टाइनल प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्याबाट बचाइराख्छ ।
मुटु स्वस्थ राख्न
यसले कोलेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ ।
आमाशय
यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ ।
ज्वरो
२ चम्चा टुसा पलाएको मेथीमा मह र कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ ।
क्यान्सरबाट बचाउँछ
हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।
रतगको कमि
टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमि हुदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार