शुक्रबार , बैसाख १०, २०७८

“रहनुहोस् होसियार” अभियान के हो ?

“रहनुहोस् होसियार” अभियान के हो ?

१६ चैत, काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो Internet Fraud / Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाहगर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिनालामो “रहनुहोस् होसियार”नामक अभियान चलाईरहेको छ ।

यस अभियानअन्तर्गत हरेक दिन यस बैंकले Internet Fraud / Phishing सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्गमार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदाहुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टि.विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको जनाएको छ । हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवादिदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय