मंगलबार प्रभु बैंकसहित यी कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत १७, २०७७ मंगलबार २२:१९:४६
१७ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ। यस दिन नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम पनि ६ अर्ब माथि पुगेको हो।
मंगलबार नेप्से सूचक ३२.१५ अंकले बढेर २५७५.६६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.१० विन्दुमा पुगेको छ। यस दिन २०९ वटा कम्पनीको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँमा खरिद बिक्री भएको। छ।
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?
मंगलबार शेयरबजारमा सामान्य सुधार आएको छ । सुधार आएको बजारमा वोमी लघुवित्त, सानिमा इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र समिट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
मंगलबार प्रभु बैंकसहित यी कम्पनीको शेयरमा उच्च माग ?
मंगलबार शेयरबजारमा लगानीकर्ताको रोजाईमा प्रभु बैंक, नेपाल इफ्राइस्ट्रक्चर बैंक, महिला लघुवित्त, अजोड इन्स्योरेन्स र सानिमा इक्टिी फण्ड परेका छन् । आज यी पाँच कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।
लगानीकर्ताको रोजाइमा परेको पहिलो नम्बरमा सानिमा इक्टिी फण्ड रहेको छ । आज सानिमा इक्टिी फण्डको ९ लाख ७० हजार इकाईको खरिद माग आएको थियो भने । बिक्रीको लागि भने १ लाख ८१ हजार इकाईको मात्र रहेको थियो । त्यस्तै, अजोड इन्स्योरेन्सको ६ लाख ५१ हजार कित्ताको खरिद माग आएकोमा बिक्रीकर्ता शून्य देखिएका हुन् ।
निफ्राको ५ लाख ६७ हजार कित्ता शेयर माग, महिला लघुवित्तको ४ लाख १५ हजार शेयर माग र प्रभु बैंकको शेयरमा ३ लाख ७४ हजार कित्ताको खरिद माग आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
प्रधानमन्त्रीको निर्णय कुर्दै कांग्रेस स्थगित गर्यो संसदीय दलको बैठक
बैशाख ३१, २०८१ सोमबार
विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार