बिहीबार बिमस्टेक बैठक बस्ने
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार २०:१४:५४
१८ चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास ‘बिमस्टेक’ का सदस्य मुलुकहरूको १७औं परराष्ट्रमन्त्रिस्तरीय बैठक बिहीबार बस्दै छ ।
यही बेला बिमस्टेकको एउटा सदस्य म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शन चर्किरहेको छ । निर्वाचित सरकारलाई कू गर्दै सत्ता हातमा लिने सैनिक सरकारको तीव्र आलोचना भइरहँदा मंगलबारसम्म सुरक्षाकर्मीको गोली लागेर ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।
यस्तो अवस्थामा बैठकका एजेन्डादेखि अन्य विषयमा छलफलका लागि बुधबार सदस्य राष्ट्रहरूका परराष्ट्र सचिवबीच भर्चुअल वार्ता हुँदै छ । दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका केही सदस्य मिलेर बिमस्टेक बनेको हो । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।
बिमस्टेकको अहिलेको अध्यक्ष श्रीलंका हो । हरेक दुई वर्षमा हुनुपर्ने बिमस्टेकको शिखर सम्मेलन सन् २०१८ मा नेपालमा चौथोपटक भएपछि रोकिएको छ । पाँचौं शिखर सम्मेलनको तयारीका रूपमा पनि अहिलेको १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठकलाई हेरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बुधबार सचिवस्तरीय र बिहीबारको मन्त्रिस्तरीय बैठकमा तोकिएका एजेन्डामा छलफल हुने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, वायुप्रदूषण तह बढेर शिर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार