ब्राजिलमा संक्रमणबाट मार्चमा मात्रै ६६ हजारको मृत्यु
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १८:३८:२५
१९ चैत, एजेन्सी । ब्राजिलमा मार्च महिनामा कोरोना भाइरसको संक्रमणबाट ६६ हजार ५७० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको यो संख्या अघिल्लो महिनाको तुलनामा दोब्बरभन्दा बढी हो ।
ब्राजिलमा केही समययता कोरोना संक्रमणको दर निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसकेको भन्दै राष्ट्रपति जेयर बोल्सोनारोको पनि आलोचना हुँदै आएको छ ।
यसै साता बोल्सोनारोप्रति असन्तुष्ट जल, हवाई र स्थल फौजका प्रमुखले राजीनामा दिएका छन् । यसअघि विदेशमन्त्री र रक्षामन्त्रीले पनि राजीनामा दिएका थिए । बोल्सोनारोले कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक गतिविधिमा कडाइ गर्ने योजनाको विरोध गर्दै आएका छन् ।
बुधबार ब्राजिलमा ३ हजार ८ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । हाल विश्वभर कोरोनाबाट दैनिक मृत्यु हुनेमध्ये एक चौथाइ ब्राजिलका हुने गरेका छन् ।
ब्राजिलमा हालसम्म एक करोड २७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने तीन लाख २१ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दर्ता गराए सर्वोच्चमा रिट, जेठ २ गते पेसी
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार