शुक्रबार , बैसाख १०, २०७८

अदालतको आदेश राजनीतिक कदमकै निरन्तरताको अर्को कडी : श्रेष्ठ

अदालतको आदेश राजनीतिक कदमकै निरन्तरताको अर्को कडी : श्रेष्ठ

१९ चैत, काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा खारेजीको फैसला पुनरावलोकन नगर्ने भनी सर्वोच्च अदालतले आदेश गरेको भन्दै आपत्ति जनाएका छन् ।

अदालतले आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएकाे उनकाे भनाइ छ । यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ । अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खाेजेकाे प्रवक्ता श्रेष्ठकाे दावी छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्रले प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर छलफल गरिरहेको छ । माओवादी केन्द्रले भोलि शुक्रबार बस्ने कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय कुरेपछि थप निर्णय गर्ने बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय