शुक्रबार , बैसाख १०, २०७८

उखान टुक्का तथा व्यंङगबाणको अत्याधिक प्रयोगले रङ्गमञ्च बनेको नेपालको राजनीति

उखान टुक्का तथा व्यंङगबाणको अत्याधिक प्रयोगले रङ्गमञ्च बनेको नेपालको राजनीति

नेपालीमा एउटा उखान छ ‘जो चोर उसैको ठूलो स्वर’ । यो उखान हामी बच्चा हुँदादेखि नै हामीले सुन्दै आयौं । हामी भन्दा अघि हाम्रा बा, हजुरबाहरुले पनि सुनेको हुनुपर्छ र त यसले अहिलेसम्म निरन्तरता पाउँदै आईरहेको छ । उखान टुक्काहरु त्यसै बन्दैनन् । जुन लामो समयसम्मको अनुभव र प्रयोगबाट खारिएर निस्किएका हुन्छन् ।

अझ भनौं दही मत्थिएर मख्खन निस्किएझैं समाजमा भोगिएका समस्याहरु र प्राप्त गरिएका सफलताका कथाहरुबाट खारिएर निस्किएका परिणामहरु हुन । नेपाली साहित्यको बाङ्गमयमा उखान टुक्काहरुको छुट्टै महत्व रहँदै आएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

म आज उखान टुक्काको उत्पत्ति, बिकास र यसको महत्वको बिषयमा जान चाँहिन तर माथिको उखानलाई भने पुनः स्मरण गर्न किन पनि चाँहे भने वर्तमानको अवस्थामा हेर्दा यहाँ चोरहरुकै जमातको बाहुल्यता र स्वरहरु ठूलो हुने गरेको यथार्थता जीवितै रहेको देखिन्छ । त्यसैले बिषय उठानको शुरुवात यहीबाट गर्न चाँहे ।

हुन त वर्तमान नेपाली राजनीतिमा उखानेश्वर महादेवहरुको विगविगी नै चलेको छ । नेपाली साहित्य संसारमा यत्तिका उखान टुक्काको प्रयोग सम्भवत यो भन्दा अघि कहिल्यै पनि थिएन होला भन्दा अत्युक्ति नहोला । तर वर्तमानको नेपाली राजनीतिमा उखान टुक्काको बेग्लै महत्व रहँदै आईरहेको छ ।

देशका महामहिम राजनीतिज्ञहरुले नै उखानेश्वर महादेवको उपमा पाईरहेको वर्तमान समयमा जावो उखान टुक्का कै भरमा सिंगो मानव सागरलाई हसाउन मात्रै भ्याएको छैन सिंगो हाँस्यब्यङ्गय कार्यक्रम चलाउने मिडियाकमीहरुलाई समेत मात खुवाएको छ । फरक यत्ति हो, त्यही कुरा कलाकारले ब्यङ्गगात्मक ढंगले प्रतुतिकरण गर्न हप्तौसम्म रिहल्सल गर्नु पर्छ तर हाम्रा नेतालाई भने कुनै रिहल्सलको आवश्यकता नै पर्दैन मात्र कसैको उक्साहट र पछाडिबाट मज्जाले पम्प हालिदिए मात्रै पनि पुग्छ ।

रङ्गमञ्चको हाँस्यब्यङ्गय राजनीतिमा प्रवेश गरेपछि नेपालको राजनीति पनि हाँस्यब्यङ्गयमय बन्दै गैरहेको छ । नेताहरुलाई एक अर्काको क्यारिकेचर गर्नमै आफ्नो सम्पूर्ण शक्ति लगाउनु परिरहेको छ । नेपालको राजनीतिले अब बेग्लै मोड लिने अवस्थामा पुगेको देखिदैछ । नेपालमा क्रियाशील राजनीतिक दलहरु क्रमशः एकपछि अर्को फुटको बाटोतर्फ अग्रसर भैरहेका छन् । यो देशको दिगो बिकास र राजनीतिक स्थिरताको बाधकको रुपमा देखिदैछ । राजनीतिक दलहरु जति बढी एकताबद्ध र ईमान्दारिताका साथ राजनीतिमा क्रियाशील हुन्छन् नागरिकहरुमा पनि त्यत्तिकै बढी हौसला र खुशीको सञ्चार हुने गर्छ ।

यसले देशमा अमनचयन र शान्ति सुरक्षा कायम गराउन समेत सहयोग पुग्नुका साथै देश बिकासको कार्यमा समेत अग्रसर गराउन सहयोग गरिरहेको हुन्छ । तर सधैं फुट र जालझेलको राजनीतिले नेपालका राजनीतिक दलहरु अत्यन्तै धेरै बदनाम र दुर्गन्धित भैसकेका छन् । वर्तमान नेपालको सबैभन्दा ठूलो र शक्तिशाली दल भनेर चिनिएको, जनताका मताधिकारबाट झण्डै दुईतिहाईको नजिक पुग्न सफल भएको नेकपा नामको भकुण्डोको हावा खेल मैदानमा गेमओभर नभई खुस्किएपछि अहिले मैदानमा उत्रिएका खेलाडीहरु नै एक आपसमा दोषारोपण र ब्यङ्गयबाण प्रयोग गर्न मै तल्लिन देखिएका छन् ।

बेला न कुबेला अदालतले फ्याट्ट दुईटुक्रा बनाई दिएपछि नेकपाबाट कोही खुशी हुँदै नेकपा एमाले भन्दै उफ्रिदैछन् भने कोही पुनः मुसी भवः भएकोमा सडकमा रोईलो गरिरहेका छन् । झण्डै झण्डै पार्टीको साधारण सदस्यता समेत गुमाउनु पर्ने अवस्थाबाट भने नेकपाका तत्कालिन अध्यक्ष तथा वर्तमानका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भने मज्जाको पुर्नजीवन पाएका छन् ।

केही समय अघिसम्म दलको बैठकमा समेत बस्न नसक्ने अवस्थाका प्रधानमन्त्री ओलीको अहिलेको ताहुर माहुर दिनचर्या भने बढो रोमाञ्चकारी देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न जान समेत सुरक्षा थ्रेट देख्ने प्रधानमन्त्री अहिले खुलमखुल्ला मेची महाकाली भ्रमणमा निस्कन सक्ने भएका छन् ।

बेबुझको पढाई झैं “पुरै नास हुनुभन्दा आँधी नै बरु नास होस्, आधीले काम टारिन्छ पुरै नास कबै नहोस्” भनेर डुब्नै लागेको आफ्नो साथीको जुल्फी समातेर गर्धन गिँडेर मैले त आधा साथी बचाँए भन्ने ठूलो बर्णमालाको कथा कण्ठस्थ पारेका प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउनु भन्दा केहीलाई कार्यवाही गर्न गर्दै मानमर्दन गर्न उचित ठाने । कसकसलाई कार्वाही गरौं भनेर सल्लाहकारहरुको सल्लाह र सुझाव समेत लिन भ्याए । सल्लाहकारहरुले जसजसलाई कार्यवाही गर्न सुझाए तिनै तिनै नेतालाई ६ महिनासम्म निलम्बन गरें भनेर आफ्नो फोश्रो बहादुरी सुनाए ।

नेकपाका वरिष्ठ नेताहरुको कार्वाही प्रकृयामा आम मानिसहरुको भनाई भने बेग्लै रहेको छ । जसले ३ बर्षसम्म पनि देश र जनताका पक्षमा माखो मार्न सकेन । बिरामीबाट तङ्गग्रीएर पार्टी कार्यालयसम्म पुग्न सकेन, आफनाे पार्टीको नियमित राख्नु पर्ने बैठकहरु राख्न सकेन । जसले जोडिएको सिसाको चेपबाट चुहिएको मह चाटनमै आफ्नो बहादुरी सम्झ्याे, उसैले अरुलाई पार्टी भित्र बिद्राेही र अराजक देख्यो ।

देशले महामारीको उपचार चाहिरह्यो, देशका प्रधानमन्त्रीले भने अध्यादेशको पोको बोकेर सधैं शितलनिवास धाई रह्यो । देशका सारथीहरु भने आफैं भ्रष्टप्रसाद भतुवाहरुलाई वरिपरी राखेर देश लुटने र देशलाई खोक्रो बनाएर आफ्नो ब्यक्तिगत स्वार्थ सिद्ध गर्ने तर्फ लागिरह्यो । बालुवाटार र सिंहदरबारले देश खोत्र्याउने र जनता घोत्र्याउने अनि आफ्नो आसेपासेहरुको स्वार्थ सिद्ध गर्ने खालका योजनाहरु मात्रै पस्किरह्यो ।

आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै सधैं बिनाकारण झस्किरह्यो । आसेपासे, हरुवा, चरुवा, बासीभाते र एकछापेहरुले भने यस्ता महान प्रधानमन्त्रीलाई इतिहासकै बहादुर प्रधानमन्त्री भनेर गीत गाउन पाए । उखान टुक्का र हाँस्यब्यङ्गय कलाकारका उपमा पाएका प्रधानमन्त्रीलाई बर्षकै उत्कृष्ट गीतकार भनेर बिधा मिचेर जीउ हजुरी गर्नसम्म भ्याए । बास्तवमै यस्तै बाँदर प्रवृत्तिका मनुवाहरुले नै प्रधानमन्त्री केपी ओलीलाई ईतिहासमै बिसन नसकिने गरी हुनसम्म बदनाम गराए ।

देशको सर्बोच्च स्थानमा पुगेका महामहिमहरुदेखि वर्तमानका प्रधानमन्त्रीका समेत हरेक अभिब्यक्तिमा तुच्छ शब्दबाँण प्रहार बाहेक देश र जनताको दुःख र दर्दको बिषयमा कुनै उच्चारण गरिएको पाईदैन । सधैं आफ्नो सहपाठीको भावना र ब्यक्तिगत ईज्जतमा समेत आँच आउने, ठेस पुग्ने र जनता हँसाउने हाँस्यब्यङ्गयरुपी क्यारिकेचर बाहेक प्रधानमन्त्रीबाट थप कुनै नयाँ आशा र भरोषायुक्त भावनाहरु प्रष्फुटित भएको देखिदैन ।

त्यसैले त अहिले आम नेपाली नागरिकहरु भन्न थालेका छन्, अब ओलीसँग ओम्नीका ठेकेदार र भानुभक्त ढकाल, गोकुल बाँस्कोटा र सूर्य थापा जस्ता ब्यक्तिहरु बाहेक राम्रा नेता र ईमान्दार कार्यकर्ताहरु बस्नै रुचाउन छाडेका छन् । ओलीसँग भएका थोर बहुत नेता तथा कार्यकर्ताहरु पनि बिस्तारै माधव, झलनाथ समूह तिर बसाई सर्ने तैयारीमा लागेका छन् ।

भएका नेताहरु पनि “बा” यो त गलत भो भनेर भन्नसम्म रुचाउँदैनन् । “बा” का बिरुद्धमा आवाज निकाल्ने मात्रै हो भने पनि ६ महिनासम्म कार्वाहीमा परिएला कि ? भन्ने डर छ । भने जति कमाउन पाईएकै छ, यो मौका फेरी आउने हो कि हैन ? भन्दै जीउहजुरी गर्दै द्रब्य आर्जन गर्ने एकमात्र मिशनमा लागेका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीलाई कुन भड्खालोमा पुर्याएर छोडने हुन ? निकट भविष्यले नै बताउला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रभु क्यापिटलले दियो एमबिएका विद्यार्थीलाई शेयर बजार सम्बन्धी प्राविधिक विश्लेषण तालिम प्रभु क्यापिटलले दियो एमबिएका विद्यार्थीलाई शेयर बजार सम्बन्धी प्राविधिक विश्लेषण तालिम ३ हप्ता पहिले
वैशाख ५ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ हप्ता पहिले
वनमा डढेलो,गाउँ उच्च जोखिममा वनमा डढेलो,गाउँ उच्च जोखिममा ४ हप्ता पहिले
सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा ३ हप्ता पहिले
नागढुङ्गाबाट लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान नागढुङ्गाबाट लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान २ हप्ता पहिले
आगलागी पीडितलाई गण्डकी प्रदेशको राहत आगलागी पीडितलाई गण्डकी प्रदेशको राहत २ हप्ता पहिले
घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गर्ने ५ जना पक्राउ घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गर्ने ५ जना पक्राउ २ हप्ता पहिले
बरुण हाइड्रोपावरले बोनस शेयर पठायो शेयरधनीहरुको डिम्याट खातामा बरुण हाइड्रोपावरले बोनस शेयर पठायो शेयरधनीहरुको डिम्याट खातामा २ हप्ता पहिले