शुक्रबार , बैसाख १०, २०७८

यो बर्ष एसईई दिने दृष्टिविहीनलाई सहयोगीको अभाव हुने

यो बर्ष एसईई दिने दृष्टिविहीनलाई सहयोगीको अभाव हुने

१९ चैत, काठमाडाैं ।  यो बर्ष विद्यालय तहको परीक्षा एकसाथ हुने भएपछि माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीका निम्ति लेखन सहयोगीको अभाव हुने अनुमान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १३–२४ सम्म एसईई गर्ने गरी तालिका प्रकाशन गरेको छ । उक्त समयमा कक्षा १ देखि ९ सम्मको परीक्षासमेत सञ्चालन हुने भएपछि व्यवस्थापनमा समस्या पर्ने सम्भावना बढेको हो ।

शिक्षा ऐन तथा नियमावलीमा दृष्टिविहीन विद्यार्थीले आफू पढेको कक्षाभन्दा एक तह मुनिकालाई लेखन सहयोगी राख्न पाउँछन् । कोरोना भाइरसका कारण यो वर्ष ढिलो पठनपाठन सुरु भएकाले शिक्षा मन्त्रालयले चैतमा सकिनुपर्ने शैक्षिक सत्र जेठसम्म लम्ब्याएको छ । जसअनुसार एसईईसमेत एकसाथ लिइँदै छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

परीक्षा नजिक आएपछि मात्रै लेखिदिने व्यक्ति ९लेखक० खोज्नुपर्ने बाध्यता दृष्टिहीन विद्यार्थीलाई छ । परीक्षा हलमा लेखकले प्रश्नपत्र पढेर सुनाएपछि परीक्षार्थीले जवाफ भन्छन् । त्यसैअनुसार लेखकले लेखि दिनु पर्ने हुन्छ ।  मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पुस्तक उलब्ध गराउँदै आएको छ ।

अनिवार्यतर्फ नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान र जनसंख्या विषयको पाठ्यपुस्तक ब्रेललिपिमा उपलब्ध गराइन्छ । तर परीक्षामा भने लेखन सहयोगी राखेर परीक्षा दिने व्यवस्था छ । साधारण विद्यार्थीले सय पूर्णाङ्कको प्रश्नपत्र हल गर्न ३ घण्टा पाउँछन् । अपांगता भएका विद्यार्थीका निम्ति परीक्षा केन्द्राध्यक्षको अनुमतिमा बढीमा डेढ घण्टासम्म समय थप हुन्छ ।

देशभरिका ८२ विद्यालयमा दृष्टिविहीन विद्यार्थी पढ्छन् । यसैबीच, परीक्षा बोर्डले यो पटक एसईई दिने परीक्षार्थीमध्ये दृष्टिविहीनलाई ‘विशेष प्रश्न’ को व्यवस्था गरेको छ । गणित, सामाजिक र विज्ञान विषयमा यो लागू हुनेछ । नियमित प्रश्नपत्रमा ‘थप दृष्टिविहीनका निम्ति’ भनेर थप प्रश्न उल्लेख गरिने उपनियन्त्रक चेतनाथ शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय