ओली निरंकुश : रावल
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २१:२२:५९
२० चैत, काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अराजक र निरंकुश सत्ता सञ्चालनतर्फ अग्रसर भएको भन्दै सशक्त प्रतिकार गर्ने निचोड निकालेको छ ।
राजधानीको एउटा पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा सहभागी नेताहरुले ओलीविरुद्ध पार्टी पंक्तिमा अझ सशक्त र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर नेताहरुको जारी स्थायी कमिटी बैठकमा अब ओलीविरुद्ध चौतर्फी घेराबन्दी गर्दै वृहत्त संगठन निर्माणमा अग्रसर हुनुपर्ने धारणा बनेको छ ।
बैठकको बीचैमा बाहिर निस्किएका नेता भीम रावलले भने – आफू लगातय नेताहरुमाथि ओली पक्षले गरेको कारबाही गैरकानूनी र हाँस्यास्पद छ । त्यस्तो कारबाहीको कुनै तुक छैन ।
पार्टीको नीति र सिद्धान्त विपरीत गरिएको कथित कारबाहीलाई हामीले गलत ठहर गरेका छौं – उनले भने –ओलीको कदम निरंकुशता लाद्ने र तानाशाही बन्ने प्रयास हो, त्यो सफल हुन सक्दैन ।
नेकपा एमाले पार्टीको रक्षाका लागि आफूहरुले निर्णायक कदम चालेको भन्दै नेता रावलले अब विस्तारै ओलीविरुद्ध समानान्तर संगठन देशव्यापी रुपमा तयार हुने जानकारी दिए ।
एमाले संस्थापनपक्षले नेता रावलका साथै वरिष्ठ नेता नेपाल, उपमहासचिव घनश्याम भूषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार