धम्पुसमा माया साँच्दै बेनिशा
नेपालबहस संवाददाता
चैत २१, २०७७ शनिबार २२:१६:१२
२१ चैत, काठमाडौं । गायिका प्रकृति सम्पदाको स्वरमा रहेको ‘माया साँचेको’ बोलको गीतको भिडियो सार्वजनीक गरिएकोे छ । फिल्म निर्देशक साकार पन्तको निर्देशनमा बनेको भिडियोको शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बरिष्ट हाँस्य अभिनेता सन्तोष पन्तले प्रिमीयर गरेका हुन् ।
पन्त फिल्म प्रोडक्शनको प्रस्तुति रहेको भिडियोमा अभिनेत्री बेनीशा हमाल फिचर छिन् । अमर रोकाको शब्द र संगीत रहेको भिडियो रोमन मानन्धरले खिचेका हुन् । रबि सायमी डिओपी रहेको भिडियोमा ड्रोन सुरेश काफ्लेले अपरेट गरेका छन् ।
कार्यक्रममा निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरुप लोकेशन छनौट गर्न धेरै मिहीनेत गरेको बताए । बरिष्ट अभिनेता पन्तले आफूलाई गीतसँगै भिडियो र लोकेशन निकै मन परेको बताए ।
गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरुप भिडियो निर्माण भएकोमा खुशी ब्यक्त गरिन् । उनले आफू ब्याबसायिक गायिका भइनसकेको भए पनि दर्शक,स्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको बताइन् ।
अभिनेत्री बेनीशाले एउटै परिवारको सदस्यझै भएर मिहिनेतका साथ काम गरेको सुनाइन् । हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनीक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार