स¥यो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय
नेपालबहस संवाददाता
चैत २२, २०७७ सोमबार ३:४:२३
२२ चैत, डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय कैलालीमा सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनले भने, “राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानूनी व्यवस्था भएअनुसार प्रदेश प्रहरी कार्यालय सरेको हो ।”
वर्षौं पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका सेनाको पृतना तथा प्रदेश प्रहरी कार्यालय कैलालीमा सरेपछि डोटीका स्थानीयवासी असन्तुष्ट भएका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय यसअघि नै कैलालीको तेघरीमा सरेको हो । दिपायलमा राजधानी कायम नभए पनि यहाँका क्षेत्रीयस्तरका कार्यालय कैलाली नसार्ने नेताहरूले आश्वासन दिए पनि अहिले रातारात कैलालीमा कार्यालय सारिन लागेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्न थालेको जगत पुस्तक भण्डार दिपायल पिपल्लाका खडकबहादुर शाहीले बताए । उनले भने, “राजधानी कायम नभए पनि क्षेत्रीयस्तरका कार्यालय नसार्ने भनेर मुख्यमन्त्री सहितका अन्य मन्त्री तथा नेताले आश्वासन दिए, अहिले धमाधम कार्यालय सारे यस्तो पनि हुन्छ र ?”
सङ्घीयता कायम हुनुभन्दा पहिले डोटीको दिपायलमा रहेका क्षेत्रीयस्तरका कार्यालय अहिले कैलालीको धनगढी सारिन थालेपछि यहाँका भवन खाली हुँदै गएका छन् । खाली भएका भवनहरूमा प्रदेशस्तरका कार्यालय राखिने बताइए पनि अहिलेसम्म पनि कुनै कार्यालय स्थापना भएका छैनन् । दिपायलमा रहेका क्षेत्रीय कार्यालय तथा सेना, प्रहरीका कार्यालय सारेपछि यहाँको व्यापार व्यवसाय पनि खस्कँदै गएको हरिष फेन्सी दिपायलका नरबहादुर खड्काले बताए । उनले भने, “क्षेत्रीयस्तरका कार्यालय थिए, यहाँ चहलपहल र व्यापार हुन्थ्यो, कार्यालय सबै कैलाली लगेपछि अहिले व्यापार व्यवसाय सुनसान भएका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार