शुक्रबार , बैसाख १०, २०७८

मान्छेलाई आक्रमण गर्ने बाघलाई बर्दियाबाट काठमाडौं ल्याउने तयारी

मान्छेलाई आक्रमण गर्ने बाघलाई बर्दियाबाट काठमाडौं ल्याउने तयारी

२३ चैत, बर्दिया । मान्छेलाई आक्रमण गर्ने बाघलाई बर्दियाबाट काठमाडौं ल्याउने तयारी भएको छ । आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको हो । उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि बर्दिया ठाकुरद्वाराबाट पठाउन लागिएको निकुञ्जले जनाएको छ ।

बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो । वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए । यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक र एक वटा बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ ।

गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो । गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय