बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १८:१२:५२
२४ चैत,दमौली । पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब रु दुई अर्ब लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडि बढ्ने क्रम बढिरहेको छ । बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बनेको लगानीकर्ता बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीका पूर्वाधारमा सो केबुलकारले थप प्रवद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक पर्यटकीयस्थलको रुपमा विकसित हुने सो केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
साहसिकस्थललाई केन्द्रमा राखी सो केबुलकारले आफ्ना सहायक कम्पनीमार्फत अग्लो बन्जी जम्पको निर्माण प्रक्रिया थालेको छ । यस्तै जङ्गल पिङ, एक हजार ८०० मिटर लामो स्पाइडर जीप लाइन, ६०० मिटर लामो भिरमा टुँडिखेलसम्म वाक थ्रु, ५० मिटर लामो शिशाको पुलसमेत बनाउने गरी डिपिआर तयार गरिएको छ । यस्तै स्काइसाइकिलिङ लगायतका मनमोहक मनोरञ्जन पूर्वाधार निर्माण गरी दैनिक पाँच हजारबढी पर्यटक बन्दीपुरमा भित्र्याउने लक्ष्य राखिएको छ । पाँच वटा सहायक कम्पनीमार्फत थप रु एक अर्ब लगानी यो क्षेत्रमा गर्ने योजना बनाइएको शर्माले जानकारी दिए । “हर्स राइडिङ सेवा र छिम्केश्वरीदेखि रामकोटसम्म ४० किमि साइक्लिङ सेवासमेत शुरु गरेर गाउँ–गाउँसम्म पर्यटकीय गतिविधि चलाउने योजना छ”, शर्माले भने ।
बन्दीपुरमा निर्माणाधीन केबुलकारको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । माथिल्लो स्टेशनमा १५ तल्ले क्विनटावर निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ । क्विनटावरबाट फराकिलो कुहिरोको समुद्र देखाउने साथै हिमालय दर्शन गराएर बन्दीपुरको सुन्दरता अनुभव गराउने तयारी छ । बन्दीपुरको विकासका लागि आगामी दश वर्षभित्र १० लाख लगानीकर्तामार्फत रु १० अर्बको लगानी लगाएर सामूहिक व्यावसायिक अभियान सञ्चालन गर्ने योजना बनाइएको छ । “बन्दीपुर अवधारणा देश र विदेशमा प्रचारप्रसार गर्ने र देश समृद्ध बनाउने कम्पनीको सोच छ”, उनले भने । आरकेडी समूहअन्तर्गत रहेको यस कम्पनी समूहमा हाल स्वदेश र विदेशमा गरी तीन हजार सदस्य छन् । यस अभियानलाई साथ दिन केबुलकार परियोजनामा गाउँपालिकाले समेत लगानी गरेर स्थानीय लगानीको प्रवद्र्धनका लागि सचेतना जगाउने कार्य गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । यसले गर्दा स्थानीयवासीसमेत लगानीका लागि आकर्षित हुँदै गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
सगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
जेठ १, २०८१ मंगलबार
आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
जेठ १, २०८१ मंगलबार
देशभर रहेका गरिब घर परिवार पहिचान गरिने
जेठ १, २०८१ मंगलबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
संघीयता कार्यान्वयन सम्बन्धी थप कानुन बनाइने
जेठ १, २०८१ मंगलबार