शुक्रबार , बैसाख १०, २०७८

चार लाख घुस लिएको अभियोगमा मुद्दा दायर

चार लाख घुस लिएको अभियोगमा मुद्दा दायर

२४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध सेवाग्रहीसँग चार लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा हालेको हो ।

निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो । आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय