बुधबार , बैसाख ८, २०७८

सनराइज बैंकको क्यूआरबाट टेम्पो तथा इ–रिक्साको भाडा तिर्न सकिने

सनराइज बैंकको क्यूआरबाट टेम्पो तथा इ–रिक्साको भाडा तिर्न सकिने

२४ चैत, विराटनगर । सनराइज बैंकले विराटनगरको टेम्पो/इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।

उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट बैंकको प्रदेश १ का प्रमुख विवेक निरौलाले गरे । प्रथम चरणमा ७० वटा टेम्पो/इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।

sunrise bank

यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालगंज विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार– धनगढी, दक्षिणकाली मन्दिर परिसरको बजार, काठमाडौं लगायत देशभरीका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय