शुक्रबार , बैसाख १०, २०७८

मुल्यवृद्धिको विरोध गरेको आरोपमा वीपी कांग्रेसका नेता-कार्यकर्ता प्रहरी हिरासतमा

मुल्यवृद्धिको विरोध गरेको आरोपमा वीपी कांग्रेसका नेता-कार्यकर्ता प्रहरी हिरासतमा

२५ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेजको माग गर्दै नेपाली कांग्रेस (वीपी) ले गरेको विरोधमा प्रहरीले हस्तक्षेप गरेको छ ।

साेमबारदेखि नेपाल आयल निगमको गेटमा शान्ति पुर्ण धर्ना दिँदै आएको थियो । पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेजको माग गर्दै धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरि पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रहरीको गिरफ्तारमा परेका नेता तथा कार्यकर्ताहरु :
१. पार्टी केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ
२. पार्टी केन्द्रिय सदस्य तथा तरुण दल (वीपी) केन्द्रिय अध्यक्ष प्रधुम्न कार्कि
३. पार्टी केन्द्रिय सदस्य तथा ट्रेड युनियन सह–संयोजक दुर्गा घिमिरे
४. पार्टी केन्द्रिय सदस्य तथा तरुण दल (वीपी) केन्द्रिय सह–संयोजक रोमन पुरि
५. तरुण दल (वी पी) केन्द्रिय सचिव सर्वजित शेरचन
६. तरुण दल (वी पी) केन्द्रिय सदस्य विरबहादुर बम्जन
७. नेपाल महिला संघ (वी पी) केन्द्रिय सदस्य धना आचार्य
८.. ललितपुर क्षेत्र नम्बर २ क्षेत्रीय सभापति रुकुमणि श्रेष्ठ
९. पार्टी केन्द्रिय कार्यालय सचिव सुशिलराज वाग्ले

नेता तथा कार्यकर्ता गिरफ्तारीमा परेपनि आन्दोलन जारी रहेको वीपीले जनाएको छ । आन्दोलनलाई अझ तीव्रता दिन वीपी कांग्रेसले हार्दिक अपिल गरेको छ । आयल निगमले आज ११ बजे वार्ताको लागि बोलाएको भएपनि शान्तिपुर्ण धर्नामा बसेका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोले पक्राउ परेकालाई बिना शर्त रिहाई र निगमले गल्ती स्वीकार गरि माफि नमागेसम्म वार्ता नगर्ने वीपी कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय