
२५ चैत, मकवानपुर । बागमती प्रदेशको बुधबार बसेको प्रदेशसभा बैठक अवरुद्ध भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठक पनि अवरुद्ध भएको थियो । बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गर्दै आईरहेको छ ।
आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव गर्ने प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएका थिएनन् । त्यसैगरी उक्त प्रस्तावको समर्थकको सहमतिबिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।
प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरेका थिए भने त्यहि क्रममा माओवादीले बैठक अवरुद्ध गरेको थियो ।
अवरोधकै कारण प्रदेशसभा प्रमुख सचिव कृष्णहरि खड्काले आजको प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी गराएका थिए । उनका अनुसार प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय भएको छ ।
प्रतिक्रिया