संक्रमणमा भारत संसारकै नयाँ हटस्पट
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १५:४१:४६
२६ चैत, एजेन्सी । कोरोना भाइरस संक्रमणमा भारत संसारकै नयाँ हटस्पट बनेको छ । छिमेकी देशमा भारतमा संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोना भाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्।
पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो लागेको हो। गत मार्च ७ मा भारतभरि जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो। अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ।
संक्रमण तीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबारमात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो।
भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
जेठ १, २०८१ मंगलबार
यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसंघको चेतावनी
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार