थामचौरलाई पर्यटकीय गन्तव्य बनाउने अभियान
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १८:२४:३९
२६ चैत,बलेवा । बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।
पर्यटकको आर्कषणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।
यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट एक घण्टा जीपको यात्रा गर्नुपर्छ । पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो । भीमगिठेबाट दुई देखि ३ घन्टामा पैदलयात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आर्कषक रहेको स्थानीयवासी गण्डकी थापा अधिकारी बताउछन् ।
“उच्च स्थानमा रहेकोले पर्यटक आर्कषण गर्न सक्ने स्थान छ”, उनले भने, “यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्र्याउन सकिन्छ । ” पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने उनले बताए ।
भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थानसम्म पुग्दा हरियाली वनजङ्गल, डाडाँकाँडा, र मैदान भेटिन्छ । “पर्यटकका लागि लोभलाग्दो स्थान हो, हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौं”, स्थानीयवासी पविता थापाले भनीन्, “मोटरबाटो पुगेकोले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।” गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खाने पुग्न थालेको उनले बताईन ।
यहाँ पुगेकाहरुले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवश्यकता देखिएको स्थानीयवासी लालबहादुर थापाले बताए । “बस्न खोज्नेलाई होटल वा टेन्ट बनाउने योजना चाहिएको छ”, उनले भने, “गाउँपालिकाबाट बजेट मागेर थप पूर्वाधारका योजना पनि थप्ने लक्ष छ ।” कोरोना महामारीका कारण थला परेको बागलुङको पर्यटन विस्तारै तङ्ग्रिन थालेसँगै नयाँ गन्तव्यको पहिचान र प्रचारप्रसारमा समेत स्थानीय तहले चासो देखाउन थालेका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्ष सरकारले घोषणा गर्दा उत्साह छाएको बागलुङको पर्यटनमा कोरोना महामारीले ठूलो असर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार