मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २०:४७:१२
२६ चैत,मकवानपुर । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा बलात्कारका घटना मकवानपुर प्रहरीमा दर्ता भएको हो । सो कार्यालयमा दर्ता भएका बलात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको बताइएको छ ।
बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । यसअघि २०७६÷७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच जना अहिलेसम्म फरार रहेको बताइएको छ ।
त्यस्तै २०७५÷७६ मा ३२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा २६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने छ जना अहिलेसम्म फरार छन् । आर्थिक वर्ष २०७४÷७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा आरोपित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् । बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार