गर्मीमा घरपालुवाको कसरी हेरचाह गर्ने ?
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १९:२:३५
गर्मी मौसमको सुरुवात सँगै घरपालुवाको स्याहार गर्ने शैलीमा परिवर्तन गरेर विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । गर्मी मौसममा घरपालुवालाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने सम्भावना बढी हुनाले स्याहारमा ध्यान दिनुपर्ने हुन्छ ।
गर्मी तथा वर्षातमा घर पालुवालाई छाला सम्बन्धी विभिन्न समस्या हुन्छ । यस्ता जनावरलाई किर्ना र उपियाँ पर्ने सम्भावना बढी हुन्छ । किर्ना र उपियाँका कारण ज्यान समेत जाने रोगहरु लाग्ने संभावना हुन्छ । प्रायस् घरपालुवाहरु धेरै गर्मी सहन नसक्ने हुनाले गर्मीमा घरपालुवाको लागि विशेष हेरचाहको आवश्यकता हुन्छ ।
गर्मीमा हामीले घरपालुवालाई हप्तै पिच्छे नुहाइदिने गर्छौं, यो कार्य ठिक होइन । घरपालुवालाई महिनामा एक वा दुई पटकभन्दा बढी नुहाइदिनु हुँदैन । यस्ता जनावरहरुलाई छोटो समयको अन्तरमा नुहाईदिदाँ छालामा विभिन्न किसिमका समस्या आउने गर्छ । अर्को कुरा घरपालुवालाई नुहाउनका लागि यिनीहरुका लागि बनाएको साबुन तथा सेम्पु मात्र प्रयोग गर्नु पर्छ ।
गर्मीले हुने समस्या :
गर्मीमा सबभन्दा ठुलो समस्या मध्ये एक हो किर्ना र उपियाँको समस्या । किर्ना र उपियाँले ठूलो समस्याहरु निम्त्याउन सक्ने भएकाले गर्मी सुरु हुनु अगाडि नै पशु चिकित्सकको सल्लाहमा यसको रोकथाम तर्फ लाग्नु उचित हुन्छ ।
कपाल झर्ने समस्या
घरपालुवाको कपाल खास गरी गर्मी महिनामा अत्यधिक झर्ने गर्छ । तसर्थ गर्मी मौसममा घरपालुवाको कपाल फुस्रो हुने, सुक्खा हुने गर्छ । कपाल झर्ने समस्याबाट मुक्ति पाउनका लागि घरपालुवालाई पौष्टिक खानेकुरा दिनुपर्छ । कपाल नझर्नका लागि खानाका साथ ओमेगा–६ ओमेगा–३ तथा अन्य भिटामिनहरु चिकित्सकको सल्लाह बमोजिम दिनु पर्छ ।
– गर्मीमा घरपालुवालाई बिहान बेलुका मात्र डुलाउन लैजाने गर्नुपर्छ । अत्याधिक गर्मीमा शारीरिक अभ्यास गराउनु हुदैंन ।
– सफा खानेपानीको व्यवस्थापन गर्ने ।
– किर्ना र उपियाँको रोकथाम गर्ने ।
– शीतल स्थानमा मात्र राख्ने ।
– सफा तथा ताजा खाना मात्र दिने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार