ओली नक्कली राष्ट्रवादीः रावल
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २०:२:१२
२९ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको नक्कली राष्ट्रवादको धोती खुस्किएको बताएका छन् । एमाले भित्र फरक धार बोकेका कारण कारबाहीमा परेका रावलले अब भने ओलीको निरंकुशता लामो समय नटिक्ने बताए ।
सुदूरपश्चिमको राजधानी धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले भने – अस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको मान पदवीमा नेपालको पुरानै नक्सा राखिएछ, संविधानले चाहिं नेपालको नक्सा चुच्चे देखाएको छ ।
नक्सा सच्याइएपनि ओलीले भारतीय गुप्तचर निकाय रअ प्रमुख सामन्तकुमार गोयलसँग मध्यरातमा गरेको मन्त्रणापछि सबैतिरबाट हटाइएके उनको आरोप छ । नेता रावलले भने – हामीले संसदबाट पारित गरेको लिम्पियाधुरा,लिपुलेक , कालापानी कता पुगेछ अब भनेर खोज्दा त प्रधानमन्त्रीले सिरानीमा लुकाएर राखेको पो रहेछन् ।
गृहमन्त्रालयले पहिल्यै घोषित पुरस्कार भएकाले नक्सा समेट्न नपाएको रुञ्चे तर्क गरेकोमा नेता रावलले आपत्ति जनाउँदै भने – निर्णय जहिले भएपनि वितरण त अहिले भएको हो नि ? यस्तो हास्याँस्पद तर्क दिएर नेपालीलाई ढाँट्ने ?
बरु ओलीको नक्कली राष्ट्रवादको पगरी चाहिं अब खुस्किएको छ , उनी नक्कली राष्ट्र हुन् , सारा दुनियाँलाई थाहा छ नि– उनले भने । एक अर्काे प्रसंगमा उनले आफूलगायत नेकपा एमालेका मूल प्रवाहका नेतालाई ओलीले कारबाही गर्ने भनेको गँजेडी गफ मात्र भएको बताए । ओलीले हामीलाई कारबाही गर्ने हैसियत कसरी पाए ? पार्टी बनाउने हामी अनि हामीलाई नै कारबाही गर्ने उनी?–नेता रावलको आपत्ति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार