सत्ता समीकरणको निर्णायक बैठक जारी
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २१:३०:५३
२९ चैत, काठमाडौं । गएको शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको त्रिदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीको विकल्प दिन आफू तयार रहेको बताएका थिए । त्यसका लागि उनले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ र समर्थन मागे ।
कांग्रेस सभापति देउवाको प्रस्तावमा माओवादी केन्द्रले तत्कालै सहमति जनायो र, ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिहाल्नुपर्ने धारणा राख्यो । तर सत्ता समीकरणको साँचो बोकेर बसेको जसपा नेताहरु भने अन्कनाए । उनीहरुले एक दुई दिनमै यसबारे निर्णय दिने बताएर बिदाबारी भए ।
देउवा निवासबाट निस्किएका जसपा नेताहरु बीच बाटामै महाराजगञ्जस्थित एक नेताको घरमा बसेर छलफल गरे । स्रोतका अनुसार, नेताहरुले ओली वा देउवा भन्ने भन्दा पनि आफू नेतृत्वको सरकार बनाउने पहल गर्ने निर्णय गरे ।
कांग्रेस सभापति देउवा ओली सरकारविरुद्ध जाने मनस्थितिमा नरहेको र उनले गर्ने काम भन्दा आफ्नै नेतृत्वमा सरकार बनाउन पाए धेरै काम गर्न सकिने निश्कर्ष नेताहरुको थियो । साथै, ओलीको सरकारमा जानु पार्टीका लागि घातक हुने ठहर गर्दै पहिलो प्राथमिकता आफ्नै नेतृत्व नभए मात्र देउवालाई अगाडि बढाउनुपर्ने पक्षमा नेताहरु पुगेका छन् ।
कांग्रेसको मनस्थिति बुझेरै जसपाले आजका लागि औपचारिक बैठक डाकेको हो । बैठक गर्नुअघि बाबुराम डा. भट्टराईले आजै बिहान कांग्रेस सभापति देउवालाई फोन गरी नयाँ समीकरण बनाउन अग्रसर हुन वा आफूलाई समर्थन गर्न आग्रह गरे । देउवाले पनि आजै पदाधिकारी बैठक राखेर निर्णय दिने बताएका छन् । सोही बमोजिम दुबै पार्टीको औपचारिक बैठक सुरु भएको छ ।
जसपाले बालकुमारीस्थित आफ्नो कार्यालयमा बैठक बोलाएको छ । बैठकमा ६ जना शीर्ष नेताहरु सहभागी छन् । जसमा डा. भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् । सम्भवतः आजको बैठकले सत्ता समीकरणबारे एउटा ठोस निर्णय निकाल्ने छ – स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार