प्रदेश २ का चार जना प्रदेशसभा सदस्य बर्खास्त
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार १८:४३:४९
३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश-२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ । पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो ।
प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चार जनाकै सांसद पद समेत गुमेको छ । चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकाले सम्भवतस् आज बस्ने प्रदेशसभा बैठकले यसबारे जानकारी गराउने छ ।
गएको शुक्रवार काठमाडाैंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी छोडेर एमालेमा गएको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो ।
प्रदेश-२ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकामा चार जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् । यसैबीच, ६ महिनापछि आज प्रदेश(२ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
सत्तारुढ दल र प्रतिपक्षी दलको विवादका कारण लामो समयसम्म बैठक आह्वान हुन सकेको थिएन । ६ महिनाभित्र अधिवेशन बोलाउनै पर्ने कानुनी बाध्यता रहेकाले आजका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची छ । यसअघि गएको कात्तिकमा चौथो अधिवेशन सकिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार