पाँचै वर्ष संसद चलाऔंः प्रदीप गिरी
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २१:२४:५२
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटनको हटबाट पछि हट्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका नेता गिरिले भने – सकुनीले पासा फालेर पाण्डवहरुलाई वनवास पठाए जस्तो गरी प्रतिनिधिसभा विघटन गर्न नलाग्नुहोस्, ओलीजीलाई मेरो सल्लाह छ ।
नेपाली जनताले वर्तमान संसद्लाई पाँच वर्षको म्यादसहित पठाएको हेक्का राखौं भन्दै उनले प्रधानमन्त्री ओलीकै कारण देशमा राजनीतिक अस्थिरता बढेको आरोप लगाए । तर त्यो कोर्ष सर्वाेच्च अदालतले करेक्सन गरिदियो , अब भने सुल्टो बाटोतिर लागौं पाँचै वर्ष संसद् चलोस् – नेता गिरीले भने ।
अहिले देखापरेको संकटलाई राष्ट्रिय सहमतिका आधारमा हल गर्न सकिने उनको सुझाव छ । उनले भने –अहिले राष्ट्रिय संकटको घडी छ, सबै मिलेर अगाडि बढौं, चुनावै गर्ने भएपनि सहमतिमा गरौं,त्यसका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाऔं ।
प्रतिनिधिसभालाई पूरा कार्यकाल काम गर्न दिएर मात्रै सहमतिका आधारमा निर्वाचन गर्दा देश र जनताको भलो हुने उनको तर्क छ । फेरि पनि दलका नेताहरुले एकअर्कालाई विश्वासमा लिएर अगाडि बढ्नुको विकल्प छैन भन्दै उनले २०४७ सालको संविधानलाई असफल बनाइएजस्तै घटनाक्रम देखिएकाले सतर्क र सजग हुन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वल्र्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार