कांग्रेस सभापति देउवा र जसपाका नेताहरुबीच भेटर्वाता
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १३:३९:१०
१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ‘जसपा’का नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग मंगलबार साँझ छलफल गरेका छन्। हिजो साँझ देउवाले आफ्नो निवास बुढानिलखण्ठमा यादव र भट्टराई बोलाएर छलफल गरेका हुन्।
बुढानिलखण्ठ स्रोतका अनुसार नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप लागिरहेका बेला देउवाले यादव र भट्टराईलाई नयाँ सरकार गठनमा आफूहरुलाई साथ दिन र उनीहरुको पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो खेमालाई पनि सहमत गराउन आग्रह गरेका थिए।
ठाकुर र महतोको खेमाले कांग्रेसले आफूहरुसँग सल्लाह नै नगरी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको भन्दै सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन्।
आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको कांग्रेसका सभापति देउवाले केही दिन पहिले तीन दलको बैठक राखेर धारणा मागेका थिए । त्यसपछि जसपाका पदाधिकारीहरुबीच दुई दिन छलफल भए पनि कुनै निर्णय हुनसकेको छैन ।
भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पक्षमा रहे तापनि पार्टीमा निर्णय गराउन सकेका छैनन् । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग संवादमा छन् ।
उनीहरुले जसले माग सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पनि मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार