अनुमतिबिना काठ कटानदेखि धमाधन वन फाँडेर घरटहरा
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १४:१७:४४
१ वैशाख, जाजरकोट । डिभिजन वन कार्यालयको अनुमति नलिई धमाधम रुखहरु काट्ने क्रम अत्यधिक बढेको छ । सामुदायिक वन समूहको सिफारिसमा डिभिजन वन कार्यालयले टाँचा लगाएर नापजाँच गरेर मात्र रुख कटान गर्न पाइने व्यवस्था भए पनि त्यो अहिलेसम्म कार्यान्वन हुनसकेको छैन ।
सामुदायिक वन समूहले आफैँ रुख कटान गर्ने अनुमति दिएर जथाभावी रुख कटान हुँदै आएको छ । डिभिजन वन कार्यालयमा अहिलेसम्म रुख कटानका लागि अनुमति माग्न कोही पनि नआएको डिभिजन वनको भनाइ छ । काठ कटान गरेर बाहिर लिएर बिक्री गर्ने ठूला ठेकेदारबाहेक घर निर्माण गर्ने स्थानीयवासीलाई सामुदायिक वनहरूले आफूखुसी पूर्जी वितरण गरी रुख काट्ने अनुमति दिँदै आएका छन् । सामुदायिक वन समूहले अधिकार क्षेत्र बाहिर गएर रुख कटान गर्ने अनुमति दिनु आफैँमा वन फडानीको शुरुआत भएको वन कर्मचारीहरु बताउँछन् । केही सामुदायिक वनले फोनकै आधारमा समेत रुख काट्ने अनुमति दिएको पाइएको छ ।
वन जङ्गल जोगाउनेभन्दा पनि तस्कारसँग मिलेर मोटो रकम असुल्ने गरेको नलगाड नगरपालिका–८ का खिमबहादुर खत्रीले बताए। अहिले अधिकांश ठाउँमा सामुदायिक वनमा आगो लगाउनेसमेत सामुदायिक वन समूहका मान्छे भएको उनले आरोप लगाए । सामुदायिक वन समूहका पदाधिकारीहरु जङ्गल फडानी गर्न भित्रभित्रै उक्साएर रकम असुल्ने गरेको समेत उनले बताए ।
डिभिजन वन कार्यालयमा सीमित कर्मचारी हुँदा सबै ठाउँमा निगरानी हुन नसक्नुले सामुदायिक वन फडानी हुन थप मद्दत पुगेको छ । वनजङ्गल जोगाए के हुन्छ र नजोगाए के हुन्छ भन्ने सामान्य ज्ञान सामुदायिक वन समूहका पदाधिकारीलाई थाहा नभएको समेत विभिन्न अन्तरक्रियामा विचार प्रकट हुने गरेको छ । यता डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठ प्रचारप्रसार व्यापक गरिएको र सचेतनाका काम जारी रहेको बताउछन । उनी भनाइ विपरीत कार्यालयको ४०० मिटर नजिकको जङ्गलभित्र दर्जनौँ घरटहरा निर्माण जारी छ ।
जाजरकोटमा सामुदायिक वनको सङ्ख्या
राष्ट्रिय वन ५८ र सामुदायिक वन ३६ प्रतिशत रहेको जाजरकोटमा बिनापुर्जी रुख काट्ने क्रम जारी छ । जाजरकोटमा २८४ वटा सामुदायिक वन समूह छन् । सामुदायिक वनबाहेक बाँकी सबै राष्ट्रिय वन हुन् । गाउँगाउँका सामुदायिक वनका समूहसँग मिलेर आधुनिक मेशिन प्रयोगबाट रुख काटेर बिक्री गर्ने क्रम बढेको छ । सामुदायिक वन समूहको भेला तथा बैठकबाट अनुमति लिई सो निर्णय डिभिजन वन कार्यालयमा पेश गरी डिभिजन वन र समूहको निर्णयबाट संयुक्त टाँचा लगाएर उपयुक्त मानिएको रुख काट्न पाउने नियम भएपछि यहाँ रुख काट्ने कार्य चलिरहेको छ ।
कहाँ कति अतिक्रमण
विसं २०७० भन्दा अघि ५१८ घरधुरीले वन अतिक्रमण गरी घर टहरा बनाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । तत्कालीन अवस्थामा १८ घरधुरीले ६७२ दशमलव दुई रोपनी वन अतिक्रमण गरेका थिए । यसैगरी विसं २०७० देखि २०७२ माघसम्म थप नौ घरधुरीले १४७ दशमलव ३५ रोपनी वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म जिल्लामा दुई हजार ९४३ घरधुरीले एक हजार ४३० हेक्टर वन अतिक्रमण गरेको वनको तथ्याङ्कमा उल्लेख छ ।
दलकै आडमा सार्वजनिक बाटो मिचिँदै
राजनीतिक दलहरुको आड लिँदै जिल्ला सदरमुकामलगायत विभिन्न क्षेत्रको सार्वजनिक बाटोसमेत मिचिन थालेको छ । दलको आड र स्थानीय प्रशासन, नगरपालिका र गाउँपालिकाको उदासीनताका कारण सार्वजनिक बाटो मिच्ने प्रवृत्ति ‘अतिक्रमण संस्कृतिकै’ रूपमा विकसित भएको छ ।
केही निकायले बाटो मिच्नेलाई कारवाही गर्न शुरु गरे पनि स्थानीय राजनीतिक दलले संरक्षण दिँदा अभियान सफल हुनसकेको छैन । नापी, नक्सा भएको बाटो मिचेर घर निर्माण गर्ने तथा सामुदायिक वन क्षेत्रभित्र अवैधरूपमा घरटहरा निर्माण गर्नेलाई कारवाही गर्न स्थानीय निकाय, प्रशासन र वन कार्यालयले उचित पहल नगर्दा समस्या भएको स्थानीयवासीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार