सिमकोटमा हेड नेपालको आवासीय स्रोत केन्द्र उद्घाटन
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १६:५२:५०
२ वैशाख,सिमकोट । जिल्लामा अपाङ्गता क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था हिमाली शिक्षा र विकास हेड नेपालले पहिलोपटक आवासीय स्रोत केन्द्र भवनको उद्घाटन गरेको छ । संस्था स्थापना भएको १० वर्षको अवसरमा आयोजना गरिएको वार्षिक उत्सव कार्यक्रममा संस्थाले भूकम्प प्रतिरोधी अपाङ्गतामैत्री एक तले पक्की भवनको एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतको प्रमुख अतिथ्यमा उद्घाटन भएको हेड आवासीय स्रोत केन्द्र संस्थामा आश्रय लिएर बसेका बलाबालिकाले गाँस, बाँस र शिक्षा पाउने भएका छन् ।
संस्था दर्ता भएको एक दशक पुगेको अवसरमा ‘एक दशकमा निर्माण भयो दीर्घकालीन भविष्यको आधार, अझै गर्नु छ लक्ष्य हासिल अनि सपना साकार’ भन्ने नाराका साथ गएको वर्षदेखि शुरु भएको स्रोत केन्द्रको एक तला निर्माण गरिएको संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले जानकारी दिए ।
विसं २०६७ मा हुम्ला जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाले जिल्लाका अपाङ्गता भएका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । उनीहरुको क्षमता विकास गर्नका लागि निर्माण भएको स्रोत केन्द्र रु ७१ लाख २० हजार ५१० रुपैयाँ दुई पैसा लागेको कार्यक्रमका अवसरमा निर्देशक लामाले जानकारी दिए । उनका अनुसार, भवन निर्माण गर्न कर्णाली प्रदेश सरकारले रु २० लाख, छक्कबहादुर लामाको सांसद् विकास कोषबाट रु १० लाख, स्वीट्जरल्याण्डको मिड सोलुसन फाउण्डेसनबाट रु १२ लाख ९२ हजार, नेपाल गिभ्स फाउण्डेसन र विल डे ग्रीज फाउण्डेसनको रु नौ लाख चार हजार १९२ गरी रु ६६ लाख ९६ हजार १९२ उठेको र अन्य रकम उधारोमा भवन निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।
नयाँ वर्षको अवसरमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई, जिल्लास्थित राजनीतिक दलका नेता, सञ्चारकर्मी, विद्यार्थी अभिभावक र भवन निर्माणमा संलग्न सहयोगीको सहभागिता रहेको हेड नेपालले जनाकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार