कोरोना कहरको मारमा अभिभावक
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार २१:५८:५८
२ वैशाख, काठमाडौं । कोरोना कहरको दोस्रो लहरले छिमेकी भारतीय जनजीवन फेरि थलिएको छ । दैनिक झण्डै दुई लाख मानिस संक्रमित हुन थालेपछि धेरै राज्यले प्रतिबन्धात्मक अवस्थाको घोषणा गरेका छन् । राजधानी दिल्लीमा कर्फ्यू नै लगाइएको छ । अब सरकारले लकडाउन नै गर्नुपर्ने अवस्था चित्रण गरिरहेको छ ।
कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर गएको भन्दै राज्य सरकार चिन्तित छ । मुख्यमन्त्री अरबिन्द केजरीवालले त अब कोरोनाबाट बच्न लकडाउनको विकल्प नरहेको प्रतिक्रिया दिन थालेका छन् । भारतमा यस्तो अवस्था भएका बेला नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । दैनिक पाँच छ सयकोे संख्यामा संक्रमितको संख्या थपिएका छन् ।
पछिल्लो समय युके भेरिएन्ट भाइसर खतरनाक रुपमा आएको र यसले बालबालिकालाई बढी असर गरेको तथ्याङ्क बाहिरिएको छ । सरोकारवालाहरुले यस्तो अवस्थामा विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएका छन् । खासगरी स्वास्थ मन्त्रालयले कम्तिमा ३० दिन विद्यालय बन्द गरेर भाइरसको चेन तोड्नुपर्ने सुझाव दिएको छ । तर विद्यालय सञ्चालकहरु भने यसको विपक्षमा देखिएका छन् । उनहरुको विरोधले गर्दा सरकारले उचित निर्णय लिन सकिरहेको छैन । यही मुद्धालाई लिएर दुई पटक मन्त्रिपरिषद बैठक बस्यो । तर निर्णय लिन भने सकेको छैन ।
धेरै विद्यालयमा संक्रमित विद्यार्थी फेला परेका छन् । तर सरकारले यथोचित निर्णय लिन सकिरहेको छैन । त्यसैले अब कसरी अगाडि जाने भन्ने विषयमा अभिभावक सबैभन्दा अन्योलमा परेका छन् । विद्यालय सञ्चालकको चिन्ता विद्यार्थीको स्वास्थ भन्दा आर्थिक उठ्ती रोकिनेमा बढी केन्द्रित छ । त्यसैले उ विद्यालय बन्द गराउनु हुँदैन भन्नेमा जोड दिन्छ । तर अभिभावक भने विद्यालयले भरपर्दाे स्वास्थ सजगता तयार नगरेकाले केटाकेटी पठाउने की नपठाउनेमा अन्योलग्रस्त छन् ।
सही निर्णय सही समयमा भएन भने फेरि नसोचेको भयावह अवस्था सामना गर्न तयार हुनुपर्ने छ । सरकारले यस्ता विषयमा अलि संवेदनशील भएर सही निर्र्णय लिइदिएन भने ठूलै समस्या आउने सूम्भावनालाई नकार्न सकिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार