उत्पादन क्षमता बढाउन भकारो सुधार अभियानमा कृषक
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १८:५०:४६
३ वैशाख,म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रममार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताए ।
“खेर गइरहेको गहुँतलाई सङ्कलन गर्न र मलमा नाइट्रोजन उडेर नष्ट हुन नदिन भकारो सुधार गरिएको हो”, उनले भने, “माटोको उर्बर शक्ति बढाउन भकारो सुधार अभियानले सहयोग पुग्ने अपेक्षा छ ।” गाईभैँसी बस्ने ठाउँ ढलान, मूत्र सङ्कलन गर्ने पोखरी र मलखादमा छाप्रो बनाएका छन् । मललाई घामपानीबाट जोगाउन सकेमा नाइट्रोजन उडेर नष्ट हुँदैन । पोखरीमा सङ्कलित मूत्रलाई जैविक विषादीका रुपमा प्रयोग गर्न सकिन्छ ।
समूहले गत वर्ष ३७ जना कृषकलाई भकारो सुधार गर्न रु २० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । चालू आर्थिक वर्षमा थप १५ वटा भकारो सुधार गर्न रु ३५ हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको समूहले जनाएको छ । यसअघि गाईभैँसीको गोठ व्यवस्थित थिएन । खुला ठाउँमा मल थुपार्ने गर्दथे । खेतबारीमै गाईबस्तु बाध्ने चलन थियो । भकारोको मूत्र सङ्कलन नहुँदा त्यसै बगेर खेर जान्थ्यो । परम्परागत भकारोलाई सुधार गरेर व्यवस्थित बनाएपछि गुणस्तरीय मल उत्पादन हुनुका साथै खेतीबालीमा लाग्ने रोगकिरा नष्ट गर्न सङ्कलित मूत्र प्रयोग गर्न थालेका छन् ।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राङ्गारिकखेतीका माध्यमबाट वातावरणमा स्वच्छतासँगै कृषकको आयआर्जन सुधारका लागि घट्टटोलमा गत आर्थिक वर्ष २०७६÷०७७ देखि मुख्यमन्त्री वातावरणमैत्री कृषि नमूना गाउँ कार्यक्रम सञ्चालन गरेको थियो । आव २०७६÷७७ मा रु २५ लाख विनियोजन भएको कार्यक्रमका लागि यस वर्ष पनि थप रु २५ लाख विनियोजन भएको छ । समूहमा ५८ घरधुरी कृषक आबद्ध भएका छन् । गत वर्ष आठ हजार ५०० सुन्तला, एक हजार ६०० ओखर र नौ हजार ३०० टिम्मुर र एक हजार वटा अलैँचीका बिरुवा वितरण गरिएको कृषि प्राविधिक विनिता केसीले बताईन ।
समूहमा प्रयोग गर्ने गरी सात वटा खेतबारी जोत्ने मिनिटेलर हलो उपलब्ध गराइएको छ । तीन वटा सुन्तलाको बिरुवा रोप्ने औजारको व्यवस्था गरेका छन् । दुई वटा सिँचाइ पोखरी निर्माण गरेर तीन हजार ५०० मिटर पाइप वितरण गरेका छन् । “यस वर्ष रु चार लाख बराबरको बिरुवा वितरण गर्ने कार्यक्रम छ, सुन्तला, कागती प्रजातिका बिरुवालाई जोड दिएका छौँ, कृषि प्राविधिक केसीले भनीन्, “पन्ध्र वटा भकारो सुधार र तीन वटा सिँचाइ पोखरी निर्माण हुँदैछ । कृषकलाई स्थलगत तालीम प्रदान र भ्रमण कार्यक्रम सकिएको छ ।”
घट्टटोलका कृषकले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिकरूपमा सुन्तलाका बिरुवा लगाउन थालेका छन् । स्थानीय बालकृष्ण कटुवालले वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै स्वरोजगार बन्न सुन्तलाखेती गरेको बताए । सो ठाउँका करीब १० जना युवाले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा कृषक कटुवालले बताए ।
“एक रोपनी खेतबारीमा ५०० सुन्तलाका बिरुवा लगाएको छु । केराखेती, माछा र माहुरीपालन पनि गरेको छु”, उनले भने, “घट्टटोल सुन्तला गाउँमा परिणत भएको छ । धेरैले सुन्तला लगाएका छन् । धान, कोदो, मकैको तुलनामा कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले सुन्तलाखेतीमा आकर्षित भएका हौँ ।”
गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा हरेक वर्ष एक÷एक वटा मुख्यमन्त्री वातावरण मैत्री कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दी क्षेत्र ९क०मा पहिलो वर्ष बेनी नगरपालिका–४ सिंगा र भगवतीमा कार्यक्रम लागू भएको प्रदेशसभा सदस्य विनोद केसीले बताए । क्षेत्र ९ख० को मङ्गला गाउँपालिकाको तोराखेत, कोत्रवाङ, सिम, सातबिसे, पोक, मालिका गाउँपालिकाको बिम र धवलागिरि गाउँपालिकाको खाम्लामा सो कार्यक्रम लागू भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
सडक ढलान गर्दा भ्रष्टचार गरेको आरोपमा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार