तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १८:५४:४४
३ वैशाख,दमौली । तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो । बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को मास्दीघाट, सुढे रिजाल्दीको ११५ घरमा बिहीबारदेखि बत्ती बलेको छ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त ठाउँमा बत्ती बलेको हो ।
बन्दीपुर गाउँपालिका–६ का ६२ र व्यास नगरपालिका–१४ का ५३ घरमा बत्ती बलेसँगै दुवै वडा अन्धकारमुक्त भएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उक्त वडामा बत्ती बलेसँगै गाउँपालिकाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको जानकारी दिए । “यहाँका स्थानीयवासी यस अगाडि सोलार र टुकीका भरमा बस्दै आएका थिए, विद्युत् पुगेसँगै स्थानीयवासीमा खुशी छाएको छ”, उनले भने, “गाउँपालिकाका कुनै पनि घर अब अँध्यारो छैन ।” व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले विद्युत् विस्तारसँगै वडा पनि पूर्णरुपमा उज्यालो भएको जानकारी दिए । उक्त वडामा कूल ८२३ घरधुरी छ । “मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सोलार प्रयोग हुन्थ्यो, वडाकै लगानीमा नौ ठाउँमा सोलार खम्बा पनि राखेका थियौँ”, उनले भने, “अब त बिजुली नै आएपछि सहज हुने भयो ।”
जिल्लाका विद्युत् नपुगेका ठाउँमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत सुदृढीकरण तथा विस्तार आयोजनाले काम गरिरहेको छ । आयोजनाका इञ्जिनीयर लक्ष्मण रेग्मीले घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गर्ने कामलाई तीव्र बनाइएको जानकारी दिए ।
त्यसका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सवस्टेशन निर्माणको काम भइरहेको छ । “छरआठ एमभिए क्षमताको ट्रान्सफर्मर राखेर दुई वटा सवस्टेशन निर्माणाधीन अवस्थामा छ, असार मसान्तभित्र काम सम्पन्न गर्ने भनिए पनि विविध कारणले काममा ढिलाइ भयो”, उनले भने । उनका अनुसार असान्तभित्र काम सम्पन्न गर्न कठिनाइ भएकाले आगामी छ महीनाभित्र काम सम्पन्न हुने अनुमान गरिएको छ । सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सघाएको हो । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
कसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार