हावाहुरीका कारण ४ वटा जहाज भारत डाइभर्ट
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शनिबार ०:२६:२१
३ वैशाख, काठमाडौं । हावाहुरीसँगै परेको चट्याङका कारण ४ वटा जहाज भारत डाइभर्ट गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको हो ।
साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ ।
दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ । आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको छ ।
६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो । साँझ ६ बजेपछि भने काठमाडौं विमानस्थलको भिजिविलिटीमा सुधार आएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार