बेलझुण्डीमा २६ संक्रमित, जाेखिम उच्च
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १६:१९:५
५ वैशाख, तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना संक्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।
उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष ९आइसीयू० मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्न बाध्य छौँ ।”
पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताए । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल सञ्चालित छ । अस्पतालका लागि तल्लो तलालाई मात्रै प्रयोग गरिएको छ । माथिल्लो तलामा बिएएमएसका कक्षा सञ्चालन भइरहेका छन् । माथिल्ला दुई र तीन तलामा पनि अस्पताल सञ्चालन गर्न पाएमा ५५ शय्यासम्म सञ्चालन गर्न सकिने सामथ्र्य रहेको वलीले बताए।
“तल्लो तलामा बिरामी राखिएको छ, यस्तो अवस्थामा माथिल्लो तलामा कक्षा सञ्चालन हुँदा संक्रमणको पनि डर छ”, उनले भने, “त्यसैले माथिल्ला तलामा पनि अस्पताल सञ्चालन गर्न सकिएमा धेरै संक्रमित राख्न सकिन्छ ।”
अहिले अस्पताल पनि भरिएको भन्दै बिरामीले शय्या पाउन सक्ने सम्भावना न्यून रहेको वलीको भनाइ छ । अब संक्रमितले जनप्रतिनिधि र नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेमा व्यवस्थापनमा सहज हुने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका निरीक्षक विमल केसीले बताए।
‘अस्पताल ऋणमा चलिरहेको छ’
व्यवस्थापक वलीका अनुसार अहिले अस्पताल ऋणमा चलिरहेको छ । अक्सिजन मात्रै दैनिक रु ५० हजारदेखि एक लाखसम्म खर्च हुने गरेको छ । अन्य व्यवस्थापन खर्च गरी जम्मा रु दुई लाखसम्म खर्च हुने गरेको भए पनि अहिले अस्पताललाई सरकारले रकम उपलब्ध नगराएको उनको गुनासो छ । उनका अनुसार गएको वर्ष असोजदेखि अहिलेसम्म लुम्बिनी प्रदेश सरकारबाट बजेट आएको छैन । “गएको असोजदेखि एक रुपैयाँ पनि आएको छैन”, उनले भने, “त्यसैले अहिले ऋणदान गरेर चलाएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार