लुम्बिनीमा जसपा संसदीय दलको बैठक आज बस्दै
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १८:६:२८
५ वैशाख, बुटवल । सरकार गठनका लागि केन्द्रमा झैं लुम्बिनी प्रदेशमा पनि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जनता समाजवादी पार्टी जसपाभित्र शक्ति संघर्ष बढ्दै गएको छ । प्रदेशमा निर्णायक मानिएको जसपाको संसदीय दलको बैठक आइतबार दिउँसो बस्दै छ ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो ।६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव टरेको थियो ।
लामो समय अनिर्णयको बन्दी बनेको जसपा संसदीय दलको बैठकले गर्ने निर्णयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार जोगिने वा ढल्ने छिनोफानो हुनेछ । प्रदेशसभामा रहेका जसपा नेपालका ६ सांसदमध्ये पाँचजना उपेन्द्र यादव पक्षका छन् ।
यादव नेतृत्वको साविकको दल संघीय समाजवादी पार्टीका ३ जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने २ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको सवालमा जसपाले उपेन्द्र यादवको चाहनाभन्दा बाहिर गएर भूमिका निर्वाह गर्न सक्ने सम्भावना देखिएको छैन । यद्यपि जसपाका सांसदहरुसँग व्यक्तिगत सम्झौता गर्दै सत्तारुढ एमालेले सरकार टिकाउन भूमिका निर्वाह गर्न सक्ने आँकलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार