ओलीको हार सुरु: प्रचण्ड
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार १९:४६:३९
५ वैशाख, भरतपुर । पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अलि खुलेर भन्दै थिए– अब ओलीजी ( प्रधानमन्त्री केपी ओली ) को हारको श्रृँखला सुरु भयो । यो क्र अब देशव्यापी हुनेछ, यसको दोस्रो प्रहार केन्द्रीय सरकारमा हुँदैछ ।
गृह जिल्ला चितवनको माडी नगरपालिकाको नयाँ भवन उद्घाटन गर्न यहाँ आइपुगेका प्रचण्डले भने– अब राजनीतिमा लागेको तुवाँलो फाट्न थाल्यो , कर्णाली प्रदेशको सन्देश देशव्यापी जानेछ । कर्णाली प्रदेश सरकार गिराउन खोज्दा ओलीले आफ्नै दलका चारजना सांसद् नै गुमाउनुपरेको प्रसंग झिक्दै भने–ओलीको पार्टीमा अब भूकम्प आउने छ । देशैभरि ओलीको पतनयात्रा सुरु भइसक्यो ।
पुष ५ गते प्रतिनिधिसभा विघटन गरेर देशलाईं अँध्यारो सुरुङमा हाल्न खोजेका ओलीको हार फागुन ११ गतेको पुनस्थापनाको फैसलाबाटै भएपनि प्राविधिक रुपमा उनी अनैतिक ढंगले सत्तामा बसेको आरोप प्रचण्डले लगाए । सर्वाेच्चले फैसला बदर गरिसक्दासमेत नकचरो भएर सत्तामा टाँस्सिएका ओलीले अब भने हारको स्वाद चाख्ने भन्दै अब नेपाली कांग्रेस र जनता समाजवादी दलसँग गठबन्धन बनाएर ओलीलाई सत्ताबाट च्यूत गर्ने बताए ।
यो गठबन्धनको थालनी भइसकेको छ – उनले भने लगत्तै ओलीको सरकार ढल्नेछ र गण्डकी अनि लुम्बिनी सरकार पनि अब टिक्नेवाला छैन । ओलीले आफूलाई सडकमा पु¥याएको भन्दै खुशियाली मनाएकोमा अब ती दिन गएको टिप्पणी प्रचण्डले गरे । अब सडकमा जाने पालो ओलीको हो – उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार