मंगलबार , जेठ ४, २०७८

कबिता : मेरो बर्दिया म बर्दियाली

कबिता : मेरो बर्दिया म बर्दियाली

प्रत्येक दिन सुर्यास्त पस्चात
अन्धकार छाँउछ बस्तीमा
अनि बथानका बथान।
बन्यजन्तुहरु लस्करै
निस्कन्छ्न गस्तीमा !

केही हुल पैदवारहरु वर्ष
भरीको खर्च जोहो गर्ने मेरो
सपनाको बारीमा मध्होस भै
पर्यटन खेल्छ्न अनि
म अत्तालियर प्रतिकारमा
उत्रीदा निकुन्जले मलाइ
चोरी सिकारको बिल्ला
टासी दिन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

म सहर्ष स्वकार्छु किनकि ?
म बर्दियाली हुं ।
म संरक्षण प्रेमि बर्दियाली
म संरक्षण सुत्छु, संरक्षण उठ्छु
मेरो दिनचर्या संरक्षण !!

आफ्नो घरको सदस्य ढालेर पनी
आफ्नो गांस कटाएर बन्यजन्तु पालेर पनी
म प्रशासनको नज मा संरक्षण बिरोधी !!

मलाई जीबन भन्दा प्यारो जनावर लाग्दछ
मलाइ परिवार भन्दा प्यारो पर्याबरण लाग्दछ
र त जोखिमको आबरण च्यातेर पनी
मेरो सेरोफेरोको वाताबरण संरक्षणमा
होमिन्छु!

र त दिनंहु परिवारको सदस्य गुमाउदा पनी
बिक्षिप्तता, आक्रोस र क्रोधको बाफजुध
मौन छु ! आफ्नो घर उजांड पारेर पनि
प्रकृतिलाइ हरियाली छर्छु किनकी ?
म संरक्षण प्रेमी बर्दियाली ।

न त कसैसँग सम्झौता गरें न त सवाल
खै जीबन सङ्ग जोडिएर आउने ?
जीबनयापन, जीन्दगी निर्बाहा को
लागी रोजगार, ? खै ? मेरो
जीबिकोपार्जन, आय आर्जन अनि
खै ? सिप र प्रबिधि खै बिकास
कहांँ छ सम्बृद्दी ?

बिश्वभरीका पाहुनाहरुलाई
प्राकृतिक अनुपम को रसपान गराउने बर्दिया
बिश्वभरि का प्रकृति प्रेमीहरुलाई
जैबिक बिबिधता को सगुन दिलाउने बर्दिया
राज्यलाई डलर को बर्सात गराउने बर्दिया
अझ भनौ बिश्व ले मानेको र चिनेको बर्दिया!

बिश्वलाई संरक्षण को बिश्वास दिलाउने बर्दिया
तर राज्य अनि केन्द्रले नचीनेको बर्दिया
जनप्रतिनिधी र नेतृत्व बाट ठगिएको बर्दिया
सम्बृद्धि र बिकासबाट अपहेलीत बर्दिया
मेरो बर्दिया कठै बर्दिया
कठै बर्दिया !!

अनिल थारु
ठाकुरबाबा न. पा.-७
हाल: दक्षिण कोरिया

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ? नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ? २ घण्टा पहिले
एम्बुलेन्स चालकको पीडा,आफ्नो भन्दा बढी परिवारको चिन्ता एम्बुलेन्स चालकको पीडा,आफ्नो भन्दा बढी परिवारको चिन्ता २१ घण्टा पहिले
अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन २१ घण्टा पहिले
कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना २४ घण्टा पहिले
कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २३ घण्टा पहिले
भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा भारतमा चक्रवातका कारण तीव्र गतिको हावासहित भारी वर्षा १८ घण्टा पहिले
अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै १५ घण्टा पहिले
कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु कोरोनाले सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु १ घण्टा पहिले