उत्पादन बढाउन भकारो सुधार अभियानमा किसान
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १७:५९:४२
६ वैशाख,बलेवा । काठेखोला गाउँपालिका– ५ को फापरचौर र लामखुम गाउँका किसानले भकारो सुधार अभियान चलाएका छन् । पशुको स्याहार र मलमूत्रको सदुपयोग गर्दा उत्पादकत्व बढाउन भकारो सुधार गरेर मलमूत्र सङ्कलन अभियान चलाएको किसान भूमिश्वर कँडेलले जानकारी दिए । “हाम्रो परम्परागत शैलीका गोठबाट मलमूत्रको सदुपयोग हुन सकेन, भकारो सुधार गरेर सदुपयोग गर्छौं”, उनले भने, “पहिले जानिएन, अब त मलमूत्र खेतबारीमा प्रयोग हुन्छ ।” मिलिजुली दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध उत्पादन गरेर बजार पठाउने गरेका किसानले बारीको उत्पादकत्वसमेत बढाउन लागेका हुन् ।
भकारो सुधार गर्दा किसानले गाईभैँसीको मूत्र सङ्कलन गर्दै आएका छन् । अध्ययनअनुसार मलबाट भन्दा मूत्रबाट बढी उत्पादन गर्न सकिने भएकाले सङ्कलन पद्दति अपनाउने गरिएको हो । तरकारी खेतीका लागि पशुको मलमूत्र जैविक मलका रुपमा प्रयोग हुन्छ । सुधारिएका गोठबाट पशुचौपायको मूत्र सिधा करेसाबारी र जनिकैका खेतमा जाने व्यवस्था मिलाइएको छ । सुन्तला र अदुवा, बेसारको व्यावसायिक खेती गर्ने यहाँका किसानले मलमूत्रको सदुपयोगले उत्पादकत्व बढ्ने आशा गरेका छन् ।
गाउँपालिकाले फापरचौरका ५० घरका लागि प्रतिघर २५ हजार बजेट विनियोजन गरेपछि अभियान शुरु गरिएको हो । भकारो सुधारसँगै गाउँमा रासायनिक मल भित्रिन नदिने अभियान पनि चलाइएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । “उत्पादन प्राङ्गारिक हुन्छ तर हामीले त्यसैलाई विषाधियुक्त बनाइरहेका छौँ”, उनले भने, “किसान आफ्नै सक्रियतामा भकारो सुधार भइरहेका छन् ।”
प्राङ्गारिक उत्पादन बढेसँगै मध्यपहाडी लोकमार्ग छेउछाउमा खुलेका होटल तथा रेष्टुरेन्टमा पनि उनीहरुको उत्पादन सहजै बिक्री हुन थालेको छ । घरमै खानका लागि मात्र तरकारी फलाउने किसानले व्यावसायिक बनेर राम्रो कमाई गर्न सफल भएको स्थानीय ज्ञानकुमारी श्रीषले जानकारी दिए ।
“अहिले गाउँमा टनेलमा तरकारी फल्छ, भकारोको मल मूत्र पानीले बगाएर टनेलमा पु¥याएका छौँ”, उनले भने, “सामान्य तालीम लिएर हामी आफैंले सबै काम गरिरहेका छौँ ।” वडा कार्यालय, गाउँपालिका र प्रदेश सरकारका बिभिन्न कार्यक्रममा सहभागी किसान व्यावसायिक उत्पादनमा लागेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आफूहरुलाई सहयोग गरिरहेको उनले बताए । कृषि प्राविधिकको सल्लाहका आधारमा यहाँका किसानले गोठ, करेसाबारीदेखि खेतबारीमा गर्ने कामको प्रकृतिमा परिवर्तन ल्याएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार