जसपा कार्यकर्ता रिहा गर्ने मन्त्रिपरिषदको निर्णय
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १८:३४:५०
६ वैशाख, काठमाडौं । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको अन्तिम तयारी भइरहेको बुझेपछि प्रधानमन्त्री केपी ओलीले आज केही महत्वपूर्ण निर्णय लिएका छन् । जसमा संसद्को चालू अधिवेशन अन्त्य गर्नेदेखि सत्ताको साँचो बोकेको जनता समाजवादी दलले उठाएका केही मागसमेत पूरा गरिदिएको छ ।
आज बिहान प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले जसपालाई खुसी पार्न बन्दी जीवन विताइरहेका २०८ जनालाई रिहाई गर्ने निर्णय गरेको छ । ओली सरकारसँग लामो समयदेखि मधेस आन्दोलन लगायत मधेस केन्द्रित गतिविधि गर्दा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई गर्न जसपाले आवाज उठाइरहेको थियो ।
अब रेशम चौधरीको रिहाई र बृषेशचन्द्र लालले तयार गरेको रिपोर्ट समेत सावर्जनिक गर्ने तयारीमा सरकार रहेको छ । यति गर्दा जसपाको समर्थन पाउने ओलीको आशा रहेको छ । यद्यपि सरकारको पछिल्लो निर्णयबारे जसपाका अध्यक्ष उपेन्द्र यादवले यसबारे आधिकारिक रुपमा केही जानकारी नभएको तर सरकारले बन्दी रिहाईको निर्णय गरेको भए धन्यवाद दिने बताए ।
सरकारले यस्तो निर्णय गरेकै भरमा जसपाले ओलीलाई समर्थन नगर्ने उनले प्रष्ट पारे । हाम्रा कार्यकर्तामाथि झुठा मुद्धा लगाएर फसाएकाले उनीहरुको रिहाई गर्नु सरकारको कर्तव्य भएको टिप्पणी गर्दै अध्यक्ष यादवले ओली सरकार कुनै पनि हालतमा अब नटिक्ने बताए ।
प्रतिगमनकारी भूमिकामा रहेका ओलीलाई हामीले बोक्ने भन्ने प्रश्नै नउठ्ने भन्दै उनले यसबारे छिट्टै टुंगो लाग्ने बताए । संभावित अविश्वास प्रस्ताव छल्न ओलीले संसद् अधिवेशन अन्त्य गरेपनि विशेष अधिवेशन डाकिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार