विभिन्न जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १८:५९:१२
६ वैशाख, काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । कास्की, पोखरा महानगरपालिका(३० पावरहाउसस्थित सडकबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ४८ एम्पुल फेनारगन र ५० एम्पुल नुर्फिन सहित पर्वत कुश्मा नगरपालिका १३ सिस्नेपानी बस्ने २२ वर्षीय बिदुर नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
भैरहवाबाट पोखरातर्फ आउदै गरेका सवारीसाधनहरू जाँच गर्नेक्रममा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनी उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालत मार्फत २० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै, झापाको दमक नगरपालिका-६ नमुना मार्गबाट २९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारत घर भएका २६ वर्षीय सिद्धिक आलम भन्ने व्यक्तिलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उता, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१० टोलटोले बस्ने २२ वर्षीय बादल गुरुङलाई नियन्त्रित लागूऔषध ३ सय ४५ ट्याब्लेट फेनारगन र ३ सय ४५ ट्याब्लेट ट्रामा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बादलले लागूऔषधको विक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार