विष्णु रिजाल पनि ओली क्याम्पमा
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १९:३४:२६
६ वैशाख, काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवादमा बाजी मार्न दुबै समूह सक्रिय छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको ध्याउन्न जसरी भएपनि माधवकुमार नेपाललाई एक्ल्याउने देखिन्छ । यसका लागि ओली पक्षले नेपाल निकट नेता कार्यकर्ता फकाउने वा तर्साउने कामलाई तीब्रता दिइरहेका छन् । ओलीको यो प्रयास केही हदसम्म कारगर पनि साबित भएको छ ।
नेपाल निकट सांसद् तथा केन्द्रीय सदस्यहरुलाई भेट्ने र आफूतिर तान्न ओली पक्ष लागिपरेको छ । यसैक्रममा आज बालुवाटारमा बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठकमा नेपालका अत्यन्तै विश्वास पात्र विष्णु रिजालसमेत सहभागी भएका छन् ।
प्रधानमन्त्री ओलीले नेता रिजालसँग पछिल्ला दिन चरणबद्ध छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । त्यसैले रिजाल ओली क्याम्पमा पुगेका अनुमान गरिएको छ । नेता नेपाल प्रधानमन्त्री हुँदा रिजाल प्रेस सल्लाहकारका रुपमा संलग्न थिए । साथै, नेकपाको हरेक विवादमा उनले नेता नेपाललाई साथ दिंदै आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार