नेपालले मलेसियालाई ९ विकेटले हरायो
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २१:४७:०
६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ ओभर एक बलमा पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए। ४१ बलको सामना गरेका उनले तीन चौका र पाँच छक्काको मद्दतमा ६२ रन बनाए। उनले शनिबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए। यस्तै आशिफ शेखले ४२ रन बनाए। उनलाई मलेसियाका विरनदीप सिंहले आउट गरे। दीपेन्द्र सिंह ऐरीले तीन बलमा ६ रन बनाए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मेलेसियाले १६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। मलेसियाका लागि सयिद अजिजले २७, शरविन मुनिन्डेयले २० र शाफिक शरिफले १५ रन जोडेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमले एक–एक विकेट लिएका थिए। नेपालले सिरिजको आफ्नो पहिलो खेलमा शनिबार नेदरल्याण्ड्सलाई हराएको थियो। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार