आज काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्ने
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १५:२८:५०
८ वैशाख, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार अहिले केही क्षेत्रमा हल्का पानी परेको र दिउँसोपछि जमिन भिज्ने गरी पानी पर्ने मौसमी बुलेटिनमा उल्लेख छ ।
स्थानिय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने छ । सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघ गर्जनसहितको पानी पर्न थालेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सिसम्म नै यो प्रणाली सक्रिय रहने सम्भावना रहेकाले भोलि र पर्सि पनि पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै, देशका धेरैजसो ठाउँमा तुँवालो लागेको छ । भारतबाट धुवाँ र धुलोसहितको हावा नेपाल प्रवेश गरेकाले तराईका जिल्लासहित देशका धेरै ठाउँमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जारी बसलेटिनका अनुसार पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने बताइएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि यी क्षेत्रहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार