आजदेखि सचिव कँडेल वन मन्त्रालयमा हाजिर
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २०:२८:३०
९ वैशाख,काठमाडौं । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयका सचिवमा डा पेमनारायण कँडेललाई सरुवा गरेपछि उनी आजदेखि मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका यसअघिका सचिव डा विश्वनाथ ओलीले आफ्नो पदावधि पूरा गरी मङ्गलबार अवकाश पाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले डा.कँडेललाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
विसं २०४३ मा रेञ्जरबाट सेवा प्रवेश गरेका डा कँडेल विसं २०५१ मा अधिकृत र विभिन्न जिल्लामा जिल्ला वन अधिकृतको अनुभव हासिल गरी विसं २०६६ मा सहसचिवमा पदोन्नति भएका थिए । तत्कालीन भूसंरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुखमा लामो समयको अनुभवपछि डा कँडेलले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका सदस्यसचिवमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रदेश नं २ को प्रदेश वन सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भई सचिवमा पदोन्नति भएपछि यसअघि उनी कृषि तथा पशुपक्षी मन्त्रालयमा करिब साढे चार महिनादेखि कार्यरत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार
पाहा मार्न गएका युवा बेपत्ता
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार