गर्भवतीको घरमा झण्डा अनि हातमा अण्डा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २१:१५:१२
९ वैशाख,चन्द्रौटा । गर्भावस्थाको जोखिम न्यूूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान शुरुआत गरेको छ । शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत गर्भवतीको घरघरमा झन्डा राख्ने र अण्डा वितरण गर्ने अभियान शुरु गरेको हो । वडामा रहेका ८० गर्भवतीलाई एकएक क्यारेट अण्डा र घरमा राख्नका लागि हरियो झन्डा प्रदान गरिएको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिईन ।
“गर्भवतीको पहिचानको गर्न तथा आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिऊन् भन्ने उद्देश्यले झन्डा राखिएको हो”, उनले भनीन्, “घरमा राखेको झन्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुन्छ ।” नगरले गर्भवती र सुत्केरीका लागि पोषिलो खानेकुरासहित घरभेट कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताईन ।
गत वर्ष पनि सुनौला हजार दिनका महिलालाई घरघरमा भेट कार्यक्रम गरी प्रभावकारी बनेकाले यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिइन् । नगरपालिकाले उपमेयर मातृशिशु स्याहार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बहुुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत शिवराज ११ वटै वडाका हजार दिनभित्रका महिलाको स्वास्थ्य अवस्था, जाँच, पोषण, स्याहारजस्ता काम भइरहेको जनाइएको छ ।
गर्भवतीलाई लक्ष्य गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने अन्तिम तयारी गरेको छ । निम्न वर्गका महिलालाई सुत्केरी गराउन सिफारिश गर्नुपर्ने अवस्थामा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरी लैजान सकिने व्यवस्थासहित एम्बुलेन्स सञ्चालन हुने उपप्रमुख थारुले बताईन । बालमृत्युदर घटाउन तथा आमा र बच्चालाई स्वास्थ्य राख्न वडाले विभिन्न काम गरेको वडाध्यक्ष जगत जिसीले बताए । वडामा घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको जनाउँदै अब गर्भवती तथा सुत्केरीको खानपान रहनसहनमा ध्यान दिन आवश्यक रहेको बताउए । स्वयंसेविकालाई प्रत्येक गर्भवतीको अवस्था बुझन खटाएको जनाउँदै समस्या भएको ठाउँमा वडाले सहयोग गर्ने उनले जानकारी दिए ।
शिवराज–१ ले गर्भवतीका लागि स्वास्थ्य जाँच तथा स्वास्थ्य स्याहार तालिमसमेत प्रदान गरेको वडा सदस्य लक्ष्मी हमालले जानकारी दिइन् । स्वास्थ्य स्वयंसेविका समेत रहेकी उनले वडा कार्यालय महिला र यसमा पनि गर्भवती तथा सुत्केरीप्रति जिम्मेवार रहेको जानकारी दिइन् । अझै पनि चेतना अभावले घरमै सुत्केरी हुने, आमा र शिशुको ज्यानसमेत जोखिममा पर्ने भएकाले गर्भवतीका लागि गर्भ जाँच तथा स्वास्थ्य स्याहार तालिम सञ्चालन गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार