स्वयम्भूका १७ बुद्धाचार्य परिवारलाई घर हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २२:९:१३
१० वैशाख,काठमाडौं । स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ । विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनःनिर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ । स्वयम्भू पुनःनिर्माण समिति एवं काठमाडौँ महानगरपालिका वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भूका पुजारीका रुपमा शदियौँदेखि बस्दै आएको बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार ९गुम्बा० पुनःनिर्माण दुई वर्षमा सकिएकाले आगामी सोमबार घरधनीलाई हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
कामपाका प्रवक्ता डङ्गोलले भने, “घर एकीकरण गरेर (हाउस पुलिङ प्रणालीबाट) सञ्चालन गरिएको काठमाडों महानगरको यो पहिलो योजना हो ।” पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । कामपा–१५ का वडा सदस्य आनन्द गौतमका अनुसार पुनःनिर्माणका लागि करीब रु १७ करोड लागत अनुमान गरिएको थियो । सोमध्ये रु १३ करोड ५२ लाखमा पुनःनिर्माण सम्पन्न गरिएको हो । सो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेहोरेका हुन् । पुनःनिर्माणको काम २०७५ पुस ३० गतेदेखि थालनी गरिएको थियो । पुनःनिर्माण गरिएका घर घरधनीबाट एकपछि अर्कामा पुस्तान्तरण गर्न मिले पनि बेचविखन गर्न भने पाइने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार