श्रीमान हत्या गरेको अभियोगमा महिला पक्राउ
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शनिबार ३:४०:४९
१० वैशाख, भक्तपुर । परपुरुषसँगको सम्बन्धका कारण श्रीमानलाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस–२ घर भई हाल सूर्य विनायक नगरपालिका–४ डेरागरी बस्ने २९ वर्षीया पार्वती थापामगरलाई साँढे पाँच वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार अनुसन्धानका क्रममा पार्वतीका श्रीमान विष्णु २२ महिनाको वैदेशिक रोजगारी पछि २०७२ माघ २७ गते घर फर्किएका थिए । माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको खाना खुवाई विद्यालय पठाइन् भने त्यसपछि पार्वतीले विष्णुलाई गहतको दाल, अण्डाकरीमा विष मिसाई खाना खुवाइन् ।
खाना खाएको केही समयपछि विष्णु गाह्रो भयो भन्दै उपचारका लागि मध्यपुर अस्पताल गएको र सोही दिन उनको ज्यान गएको थियो । अनुसन्धानका क्रममा घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना ‘भात’ तथा मुछिएको खानाको नमूना परीक्षणका क्रममा २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको किटनाषक विषादी फेला परेपछि मृतकका भाइ लोकबहादुरले भाउजूबिरुद्ध किटानी जाहेरी दिएका थिए ।
विष्णुको मृत्युपछि प्रयोगशालाको रिपोर्ट आउनु अगाडि वैदेशिक रोजगारीमा गएकी पार्वती नेपाल फर्किएलगत्तै भक्तपुर जिल्ला अदालतको आदेशमा कोठाबाटै उनलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए । उनका अनुसार अनुसन्धानका क्रममा पार्वतीको श्रीमान विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई हत्या गरेको खुल्न आएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार